पहिलो निर्वाचित प्रतिनिधि हुन मुस्ताङ र मनाङको प्रतिस्पर्धा
2017-12-07
रोल्पामा सुरु भयो मतगणना, तार बाहिरबाट यसरी हेर्दैछन् प्रतिनिधि
2017-12-07

बैतडीमा दलका प्रतिनिधिले मतपत्र छुन पनि नपाइने

बैतडी, मंसिर २१ – बैतडीमा प्रदेशसभा र प्रतिनिधिसभाको मतगणना बेलुकी ५ बजेबाट सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारहरु बीच मतगणना कार्यलाई व्यवस्थित गर्न हिजो नै २१ बुँदे निर्णय भएपछि मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा र प्रदेशसभाका अलग अलग टोली बनाएर मतगणना गर्न थालिएको छ ।  मतगणनास्थलमा तारजाली लगाईएको छ भने दलका प्रतिनिधिहरुलाई तारजाली बाहिर बस्ने व्यवस्था मिलाइएको छ ।

दशरथचन्द नगरपालिकाको हलमा प्रदेशसभा (क) र (ख) को मतगणना भईरहेको छ भने प्रतिनिधि सभाको नगरपालिकाको एउटा कोठामा भईरहेको छ ।

राजनीतिक दलका प्रतिनिधिहरुलाई मतपत्र छुन नदिने गरी मतगणनाको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत गौतमले बताउनुभयो । कर्मचारीहरुको टोली तारजाली भित्र मतगणना गरिरहेका छन् भने दलका प्रतिनिधि तारजाली बाहिरै बसेर मतगणना कार्यमा सहभागी भएका छन् ।

मतगणनाका लागि ६/६ जनाको तीनवटा टोली बनाएको छ । टोलीहरु समय अनुसार परिवर्तन हुने र एकपटकमा कम्तिमा दुई मटपेटिकाको मत एकै ठाउँमा खन्याएर गणना गर्ने सहमति अनुसार मतगणना भईरहेको छ । ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.