192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
​चेन्नईविरुद्धको खेलमा सन्दीपसहित यस्तो छ दिल्लीको टिम
2018-05-18
​आफनो वडामा योजना नपारेको भन्दै सांसदले प्रशासकीय अधिकृतलाई कार्यकक्षमै थुने
2018-05-18

भारतीय सेना र पाकिस्तानी सेनाबीच जम्मु कश्मीरमा गोली हानाहान

जेठ ४ – भारत र पाकिस्तानको सिमाना जम्मु कश्मीरमा दुई देशका सेनाबीच भिडन्त भइरहेको छ । 

अहिलेसम्म दुवैतर्फका गरी ९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । भारतले पाकिस्तानतर्फबाट विना उक्साहट गोलीबारी गरिएको आरोप लगाउँदै गोलीबारीमा चार जना सर्वसाधारण र एकजना सुरक्षाकर्मी मारिएको दावी गरेको छ । 

पाकिस्तानले पनि भारतीय पक्षबाटै सुरुमा फायरिङ भएको र ४ जना जवान मारिएको बताएको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जम्मू कश्मीर भ्रमणमा जान लागेका कारण पाकिस्तानले तीन दिनयता लगातार सीमा क्षेत्रमा गोलीबारी गरिरहेको जनाएको छ । सन् २००३ मा भारत पाकिस्तानबीच संघर्षविरामको सम्झौता भए पनि त्यसको लगातार उल्लंघन हुँदै आएको छ । 

रमजानको महिनालाई मध्यनजर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कश्मीर भ्रमण पहिले नै भारतीय सुरक्षा निकायले ‘युद्धविराम’ को घोषणा गरेका थिए । तर पनि कश्मीरमा हिंसा कम भएको छैन ।

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful