German police stop 'truant' families at airport
2018-05-21
​‘कराते म्यान हूँ’ भन्दै नासुले सेवाग्राहीलाई बेहोश हुने गरी कुटे
2018-05-21

भारत–चीन जोड्ने कालीगण्डकी करिडोरको काम तिव्र

सन्तोष थापा/उज्यालो ।

पर्वत, जेठ ७ – उत्तर–दक्षिण जोड्न राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोरको पर्वत तथा स्याङ्गजा खण्डमा स्तरउन्नति र ट्रयाक खोल्ने काम धमाधम भैरहेको छ ।

करिब २ वर्षसम्म सुस्त अवस्थामा रहेको कालीगण्डकी करिडोरको पर्वत–स्याङ्जा खण्डमा  निमार्ण कार्यले अहिले गति लिएको हो ।

उत्तर–दक्षिण कालीगण्डकी करिडोर गैंडाकोट–मालढुंगा आयोजनाले दिएको जानकारी अनुसार पर्वतको सदरमुकाम कुश्मादेखि स्याङ्जाको मिर्मीसम्मकोे करिब ५४ किमी सडक खण्ड अन्तर्गत रानीपानीदेखि फलेबाससम्मको २५ किलोमिटर लामो सडक क्षेत्रमा बिस्तारको काम भइरहेको छ ।

त्यस खण्डको स्तरबृद्धि गर्न ४० करोड बजेट विनियोजन भएको छ । अहिले ४ वटा डोजर लगाएर काम सञ्चालन भएको छ । उक्त सडक १० मिटर चौडाईको हुनेछ ।

‘यो खण्डमा ग्राभेलस्तरको सडक तयार हुनेछ । रानीपानी–फलेबास खण्डमा विस्तारको  काम युद्धस्तरमा भैरहेको छ’, आयोजना प्रमुख नारायण भण्डारीले भन्नुभयो, ‘यो विस्तारको कामपछि फेरि कालोपत्रेको काम अघि बढ्ने छ ।’

चीन–भारत जोड्ने कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वतको फलेबास ढिकदेखि कुश्मा सडक खण्डको काम यद्धस्तरमा अघि बढेको छ । मोदीबेणीदेखि अर्मादीसम्म असारसम्ममा ट्रयाक खोली सक्नुपर्ने भएपनि काममा ढिलाई भएको छ  । ‘ठेकेदार कम्पनीलाई काम समयमा सम्पन्न गर्न दबाब दिइरहेका छौ’, आयोजना प्रमुख भण्डारीले भन्नुभयो ।

उक्त सडक खण्डको काम अहिलेसम्म ५० प्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो । अहिले मिर्मी—सेतीबेनीको ट्रयाक लामो समयपछि खुलेको छ । मोदीबेनी, लमायखोला, सेतीबेनीमा पनि ट्रयाक  खोल्ने  काम धमाधम भएको छ । रानीपानी र बाच्छाबीचको पहरोमा काम भएको छ ।

पछिलो २ वर्षमा क्षेत्रीय सडक आयोजना अन्तर्गत समावेश भयो । वार्षिक १० लाखले काम गर्न आर्थिक समस्या भएकाले काम सुस्त भएको उहाँको गुनासो थियो । चालु वर्षदेखि फेरि यो आयोजना राष्ट्रिय आयोजनामा समेटिएको छ । काम गर्न सके अनुसार पैसा आउँछ ।

३ वटा अञ्चल, ९ वटा जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाका जोडिएकाले यस क्षेत्रको मेरुदण्डको रुपमा यो सडकलाई हेरिएको छ ।

पर्वतलाई चीननसँग जोडन कालीगण्डकी लोकमार्गको निर्माण कार्य पूरा गरी सरकारले नाका खोल्न सके भारतबाट आयात गर्ने दैनिक उपभोग्य सामानहरु सहजै चीनबाट आयात गर्न सकिने स्थानीय राजेन्द्र पराजुलीले बताउनुभयो । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *