कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने
2019-01-11
Google's parent company Alphabet sued over sexual misconduct policy
2019-01-11

भिरबाट खसेर हवल्दारको मृत्यु

जाजरकोट । सुर्खेतको भेरी नगरपालिका– ४ छिन्चु घर भई नलगाड नगरपालिका–८ मैदेस्थित अस्थायी प्रहरी पोष्ट कार्यरत प्रहरी हवल्दार महोवीर खड्काको भिरबाट खसेर मृत्यु भएको छ ।

तीन जनाको टोलीसहित बिहीबार दिउँसो गस्तीमा गएका हवल्दार खड्का नलगाड नगरपालिका–८, गङ्थलेपाखाको भिरबाट एक्कासि चिप्लिएर तल खस्नुभएको थियो । घटनास्थलबाट प्रथमिक उपचार गर्ने ठाउँ रुकुमको आठबीसकोटस्थित नगर अस्पतालमा लिनका लागि गाडी नहुँदा स्टेचरमा लगिएको थियो ।

बिहीबार राति घाइते खड्कालाई कोहलपुर मेडिकल कलेज लगिए पनि उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । लडेर घाइते भएका खड्काको समयमै उद्धार गरी अस्पतालमा लगिएको भए ज्यान बचाउन सकिने प्रहरीको भनाइ छ ।

The post भिरबाट खसेर हवल्दारको मृत्यु appeared first on News Portal of Global Nepali.

Source: Bretain Nepal ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *