नुवाकोट १ मा कांग्रेस उम्मेदवार डाक्टर महत अगाडि
2017-12-07
गोरखा १ मा वाम गठबन्धनका हरिराज अधिकारी कांग्रेस नेता चिनकाजी श्रेष्ठभन्दा अगाडि
2017-12-07

भोजपुर प्रदेश ख मा वाम गठबन्धनका उम्मेदवार शेरधन राईले दोब्बर मतान्तरका साथ अग्रता

सदरमुकामस्थित मूख्य निर्वाचन अधिकृतको कार्यालय, भोजपुर अदालतमा साढे ५ बजेदेखि भइरहेको मतगणनामा अहिलेसम्म शेरधन राईले १ हजार ५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीले ५ सय ९८ मत प्राप्त गरेका छन् । प्रदेश ख मा हालसम्म ४ वटा मतदान केन्द्रको मतगणना सकिएको छ ।

त्यस्तै प्रदेश क मा एमालेका राजेन्द्रकुमार राई २५ मतले अगाडि छन् । यहाँ राईले ३ सय ७२ मत र संघीय समाजवादी फोरमका अजम्बर काङ्गमाङ्गले ३ सय ४९ मत प्राप्त गरेका छन् ।

उता भोजपुरको प्रतिनिधिसभामा भने लोकतान्त्रिक गठबन्धनले शुरुवाती अग्रता लिएको छ । यहाँ नेपाली कांग्रेसका उमेशजंग रायामाझीले ७१९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका सुदन किरातीको ६६३ मत छ ।

Advertisements

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.