मदन आश्रीत निधन : कांग्रेस प्रवक्ता शर्मा सोध्छन् ‘रेशमी पर्दा पछाडि लुकेका’लाई सार्वजनिक नगर्ने ?
2018-05-17
भोजपुरमा बालिका बलात्कार गर्ने युवकलाई ९ वर्ष कैद
2018-05-17

मण्डेलाको शतवार्षिकीमा आयोजित फुटबलको उपाधि बार्सिलोनालाई

जेठ ३ – ‘मण्डेला सेन्तेनारी’ फुटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ । दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला जन्मेको १ सय वर्ष पूरा भएको अवसरमा बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकी च्याम्पियन क्लब मामेलोडी सनडाउन्सलाई ३–१ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

दक्षिण अफ्रिकी शहर जोहानेसवर्गमा भएको  खेलमा बार्सिलोनालाई जिताउन लुइस सुवारेज, उस्मान डेम्बेले  आन्द्रेइ गोमेजले गोल गरे । अन्तिम १५ मिनेट खेलेका लियोनेल मेस्सीले भने गोल गर्न सकेनन् ।

सनडाउन्सका लागि सिबुसिसो विलाकाजीले एक गोल गरे । धेरै समय मेस्सीलाइ नखेलाउँदा निराश दक्षिण अफ्रिकी नागरिकले मेस्सी मैदान प्रवेश गर्दा उठेर ताली बजाएर स्वागत गरेका थिए ।

नेलशन मण्डेला जन्मिएको १०० वर्ष पुगेको अवसरमा दक्षिण अफ्रिकामा विशेष उत्सव सञ्चालन भइरहेको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *