कस्तो बन्छ एमाले माओवादीको नयाँ दल ? एकता घोषणा अघि के–के हुँदैछ ?
2018-05-17
ट्रक पल्टिँदा एक जनाको मृत्यु, चार घाइते
2018-05-17

मदन आश्रित निधनको २५ वर्ष पूरा, ‘रहस्यमय घटना’को छानबिन भएन

काठमाडौं, जेठ ३ – नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २५ वर्ष पुगेको छ ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।

एमालेका दुवै नेताको हत्या भएको २५ वर्ष पुग्दा समेत प्रभावकारी छानविन नभएकोमा विभिन्न क्षेत्रबाट असन्तुष्टी जनाउने गरिएको छ । एमाले नेतृत्वको सरकार बन्दा समेत आफ्ना नेताहरुको निधनबारे छानबिन नगरेको भनेर गुनासो हुने गरेको छ ।

भण्डारी र आश्रितको निधनको बारेमा तत्कालीन सरकारले प्रचण्डराज अनिलको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । त्यस्तै एमालेले आफ्ना नेता केपी शर्मा ओलीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो भने पछि पद्यमरत्न तुलाधरको अध्यक्षतामा समेत छानबिन आयोग गठन गरिएको थियो । तर सवै छानबिन आयोग र समितिले कुनै ठोस निष्कर्ष निकाल्न सकेनन् ।

कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नुभएको थियो । यो विचार एमालेको मुख्य निर्देशक सिद्धान्तका रुपमा रहिआएको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *