ट्रक पल्टिँदा एक जनाको मृत्यु, चार घाइते
2018-05-17
मण्डेलाको शतवार्षिकीमा आयोजित फुटबलको उपाधि बार्सिलोनालाई
2018-05-17

मदन आश्रीत निधन : कांग्रेस प्रवक्ता शर्मा सोध्छन् ‘रेशमी पर्दा पछाडि लुकेका’लाई सार्वजनिक नगर्ने ?

 काठमाडौं, जेठ ३ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीतको निधनको विषयमा सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

एमालेकै सरकार रहेका बेला स्वर्गीय भण्डारीकै धर्मपत्नी तथा राष्ट्रपति विद्यादेवी भण्डारीले मदनको निधनबारे सत्यतथ्य बाहिर नआउनु दुखद भएको बताएको प्रसंग उल्लेख गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निधनबारे सत्यतथ्य जानकारी गराउन आग्रह गर्नुभएको हो । सामाजिक सञ्जाल ट्विटरमा शर्माले सोध्नुभएको छ प्रधानमन्त्रीलाई केवल एक प्रश्न, रेशमी पर्दा पछाडी लुकेकाझलाई सार्वजनिक गर्ने बेला भएन र ?

`मदन भण्डारीको निधनबारे सत्यतथ्य अझै बाहिर नआउनु दु:खद´ -केहीअघि सम्माननिय रास्ट्रपति विधादेवि भण्डारीले मोरङको इटहरामा भन्नुभयो ! मदन-आश्रीतप्रति हार्दिक श्रद्धा व्यक्त गर्दै सम्माननिय प्रधानमन्त्रीलाई केवल एक प्रश्न…`रेशमी पर्दा पछाडी लुकेका´लाई सार्वजनिक गर्ने बेला भएन र ?

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *