जाजरकोट र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता
2017-12-07
शीर्ष नेता, मुख्य प्रतिस्पर्धामा को अगाडी ?
2017-12-07

मनाङ प्रदेशसभा ‘ख’ मा एमालेको समर्थन पाएका दिपक मनाङे अगाडि

मनाङ, मंसिर २१ –मनाङमा प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङले ११९३ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई कांग्रेसका टेकबहादुर गुरुङले ८७८ मतसहित पछ्याई रहनुभएको छ ।

त्यस्तै प्रदेशसभा ‘क’ तर्फ नेकपा एमालेका दोर्जे डंडुल गुरुङले ५७० मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार चिन्तबहादुर घलेले ५५९ मतसहित पछ्याउँदै हुनुहुन्छ ।

त्यस्तै प्रदेससभा ‘ख’ तर्फ राजीव गुरुङ उर्फ दिपक मनाङेले ९१८ मत ल्याई अग्रस्थानमा हुनुहुन्छ । मनाङ ‘ख’ मा स्वतन्त्र उम्मेदवार मनाङेलाई समर्थन गर्दै एमालेले उम्मेदवारी फिर्ता लिएको थियो । मनाङेलाई पछ्याइरहेका कांग्रेसका कर्म गुरुङ ७०५ मत प्राप्त गर्नुभएको छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.