खाना पकाउने ग्यासमा मूल्य नबढाउने तयारी
2018-01-13
आजका पत्रपत्रिकामा छापिएको कार्टुन
2018-01-13

मन्त्रीपरिषद बैठकमा ७० निर्णय गरिए, ७ वटाबाहेक सबै लुकाइए

काठमाडौँ । पछिल्ला केही दिनयताका मन्त्रिपरिषद्का निर्णय अपारदर्शी हुने क्रम बढेको छ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बसेका हरेक मन्त्रिपरिषद् बैठकमा नियमितभन्दा मन्त्रीको खल्तीबाट आउने ठाडो प्रस्तावको संख्या अत्यधिक हुने गरेको पाइएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा ४० वटा नियमित एजेन्डा थिए तर ३० भन्दा बढी आकस्मिक रूपमा आएका प्रस्ताव रहेको बैठकमा सहभागी एक मन्त्रीलाई उद्धृत गर्दै अन्नपूर्णले समाचार लेखेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा नियुक्ति र ठूलो संख्यामा विदेश भ्रमणसम्बन्धी प्रस्तावमा निर्णय गरेको छ। यसअघि १३ पुसमा बसेको मन्त्रिपरिषद् बैठकमा पनि ३३ वटा प्रस्ताव नियमित रूपमा आएका थिए भने बाँकी २५ वटा प्रस्ताव ठाडो रूपमा आएका थिए। मन्त्रिपरिषद्ले ठूलो संख्यामा सरकारका मन्त्री, सचिव, सहसचिवलगायत कर्मचारीको विदेश भ्रमण पनि स्वीकृत गरेको छ।

मन्त्रिपरिषद् बैठकमा झण्डै ७० वटा प्रस्तावमा छलफल भए पनि सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले ५–६ वटा निर्णय मात्रै सार्वजनिक गरे । आर्थिक चलखेलका नियुक्तिका निर्णय गोप्य राख्ने प्रयास गरिँदै आएको समाचारमा उल्लेख छ ।


Source: Yes Kathmandu ले छापेको छ ।

Comments are closed.