विदेश जानेलाई वैदेशिक रोजगार एप, माग तलब र कम्पनी बारे बुझ्न सकिने
2018-05-25
इनिएष्टा जापानी क्लब कोम्बेबाट खेल्ने
2018-05-25

मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गर्ने ५ जना जेल चलान

जनार्दन घिमिरे/उज्यालो । 

गुल्मी, जेठ ११ – जिल्ला अदालत गुल्मीले मानसिक सन्तुलन गुमाएकी ३४ वर्षीया महिलालाई बलात्कार गर्ने पाँच जनालाई कैद सजायँको फैसला गरकोे छ । जिल्ला न्यायधीश रामप्रसाद न्यौपानेको इजलाशले यो फैसला गरेको हो । 

गुल्मीको मुसिकोट नगरपालिका १ का १८ वर्षीय बुद्ध नेपाली र १६ वर्षीय सुरेश नेपालीलाई १० वर्ष कैद र २५ हजार जरिवाना, यही ठाउँका १० वर्षीय रेशम नेपाली नावालक भएकाले पाँच वर्ष कैद र २५ हजार जरिवाना, २४ वर्षीय ध्रुव थापा र १८ वर्षीय हरिबहादुर खत्रीलाई तीन महिना कैद सजायँ तोकिएको छ ।

उनीहरुलाई गएको असोज १५ गते मुसिकोट नगरपालिका – १ मा मानसिक सन्तुलन गुमाएकी महिलालाई सामुहिक बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरि जबरजस्ती करणीमा मुद्दा चलाएको थियो ।

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *