बाबुरामले नारायणकाजीलाई फेरि पछाडि पारे
2017-12-07
Same-sex marriage officially signed into law in Australia
2017-12-07

मुख्यमन्त्रीका दावेदार राई र पाण्डे फराकिलो अन्तरमा अगाडि

काठमाडौं, मंसिर २२ –संघीय संरचना अनुसार साविकको प्रतिनिधिसभातर्फको २४० निर्वाचन क्षेत्रलाई घटाएर १६५ क्षेत्रमा झारेपछि केही शीर्ष र चर्चित नेता पनि प्रदेशसभाबाट उम्मेदवार बनेका छन् ।

केही शीर्ष नेताहरुलाई विभिन्न प्रदेशका सम्भावित मुख्यमन्त्रीका रुपमा हेरिएको छ । प्रदेश नम्बर १ को भोजपुर प्रदेशसभातर्फबाट उम्मेदवार बन्नुभएका एमाले नेता शेरधन राईलाई प्रदेश नम्बर १ को मुख्यमन्त्रीको रुपमा हेरिएको छ ।

प्रदेशसभातर्फ एक नम्बर प्रदेशसभामा बहुमत ल्याउने हो र राईले जित्ने हो भने मुख्यमन्त्री बन्ने पक्का जस्तै भएको बताइन्छ । पछिल्लो मतपरिणाम अनुसार राई कांग्रेसका उम्मेदवार गोविन्दबहादुर कार्कीभन्दा निकै अगाडि हुनुहुन्छ । राईले पछिल्लो मतपरिणाम अनुसार ५४२३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेश नम्बर ३ धादिङ १‘ख’ बाट उम्मेदवार बन्नुभएका एमाले नेता राजेन्द्रप्रसाद पाण्डे पनि मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ । पछिल्लो मतपरिणाम अनुसार उहाँले २४७४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार मधुकर श्रेष्ठले १०५८ मत ल्याउनुभएको छ ।

त्यस्तै ४ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदार मानिएका एमाले नेता पृथ्वीसुब्बा गुरुङ भने झिनो मतान्तरले पछि पर्नुभएको छ । उहाँले २२३९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी कृष्णप्रसाद कोइरालाले २४३९ मत प्राप्त गर्नुभएको छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.