रामेछापमा वाम गठबन्धन अगाडि
2017-12-07
वाम गठबन्धनले मुस्ताङबाट विजयी खाता खोल्यो, प्रदेश प्रतिनिधि दुबैमा विजयी
2017-12-07

मुस्ताङको प्रदेशसभा ‘ख’ मा महेन्द्रबहादुर थकाली विजयी

मंसिर २२ – मुस्ताङ प्रदेशसभा ‘ख’ मा एमालेका महेन्द्रबहादुर थकाली विजयी हुनुभएको छ ।

उहाँले २५८४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार छिरिङ धावा गुरुङले २२५९ मत प्राप्त गर्नुभयो ।

यो जितसँगै मुस्ताङमा प्रतिनिधिसभा र प्रदेशसभा सबैमा वाम गठबन्धनले जित हासिल गरेको छ । प्रदेशसभा ‘क’ मा एमालेका इन्द्रधारा दाडु विष्ट विजयी हुनुभएको छ । उहाँले ११६७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मिक्युर गुरुङले ६५७ मत ल्याउनुभएको छ ।

त्यस्तै, वाम गठबन्धनका उम्मेदवार प्रेमप्रसाद तुलाचन मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले ३५४४ मत ल्याएर विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रोमी गौचन थकालीले ३१८१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभातर्फ एक क्षेत्र रहेको मुस्ताङमा कुल ९४२७ मतदाता रहेकोमा ६७७३ मत मात्र खसेको थियो ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.