192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
OnePlus 6 to Make its Way to Nepal in a Week!
2018-05-24
जग्गा बाँझो राख्नेलाई नगरपालिकाको कारबाही
2018-05-24

मैलुङ–स्याफ्रुबेंसी सडकको डीपीआर अन्तिम चरणमा

रसुवा, जेठ १० – राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको छ ।

नेपाली सेनाले निर्माण गरेर हस्तान्तरण गरेको सडकको डीपीआर एक हप्ताभित्र सकिने गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । डीपीआरको काम सकिएपछि टेन्डर गरिने कार्ययोजना बनाइएको छ ।

निर्माण गरिएको सडकको अहिले डीपीआर निर्माण गर्नुको साथै भेरिफिकेसनको काम भइरहेको योजना प्रमुख सुवोधकुमार देवकोटाले बताउनुभयो । गल्छीदेखि बेत्रावती, बेत्रावतीदेखि स्याफ्रु र स्याफ्रुदेखि रसुवागढीसम्म तीन चरणमा काम भइरहेको छ । 

सेनाले निर्माण गरेको मैलुङदेखि स्याफ्रुबेँसीसम्मको १७ किलोमिटर सडक जेठ ६ गते योजनालाई हस्तान्तरण गरिएको थियो । सडकमा ११ मिटर चौडा कालोपत्रे गरिने योजनाले जनाएको छ ।

चीनसँगको व्यापारका लागि महत्वपूर्ण मानिएको छोटो दूरीको यो सडक पासाङल्हामु राजमार्गको बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडकभन्दा २५ किलोमिटर छोटो छ । जेठ अन्तिमसम्ममा टेन्डर निकाल्ने र वर्षायामपछि सडकको स्तरोन्नती गरिने कार्ययोजना बनाइएको छ ।

जोखिमलाई मध्यनजर गर्दै नवनिर्मित सडकमा सार्वजनिक यातायात सञ्चालन गर्न दिइएको छैन । गल्छीदेखि स्याफ्रुबेँसीसम्म निर्माण गरिने १४ वटा पुलमध्ये ११ वटा टेन्डर भइसकेको र तीनवटा पुलको डिजाइन भइरहेको योजनाले जनाएको छ । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकको सर्भेको काम सकिएको योजनाले जनाएको छ । 

सडक निर्माणका लागि कार्यालय स्थापना गर्न जग्गा खोज्ने कार्य पनि भइरहेको छ । नयाँ सडकमा प्रहरी चेकपोष्ट तथा नेपाली सेनाको पोष्ट राख्ने तयारी भएको छ । 
मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ वैशाखदेखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी सञ्जय केसीले बताउनुभयो । 

सुरुमा ७ किलोमिटर एक लेनको सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी थपिएको थियो । १७ किलोमिटर सडक दुई लेनको बनाएको सेनाले भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सडक एक लेनको बनाएको छ । 
सडक निर्माण तथा स्तरोन्नतीको काम दुई वर्षभित्र सम्पन्न गरिने योजनाले जनाएको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful