मत हाल्ने सपना यसपालि पनि अधुरै !
2017-11-26
मतदान स्थलमा सञ्चार सम्पर्कसमेत छैन
2017-11-26

मोवाईलमा भेटियो भिडियो म्यासेज, आत्महत्या होईन हत्या ! ट्राफिक अधिकारीहरु भन्छन् भिडियो डिलिट गर्

पीडितका पक्षमा बोल्दा ट्राफिक प्रहरीका अधिकारीहरुले गरे दुव्र्यवहार

गएको कार्यक्रमा गोङ्गबु बसपार्कमा कार्यरत ट्राफिक प्रहरीहरुले बस धनि सुस्मिता लामिछानेलाई दिएको दुख देखायौ । मोहन विक नामका ट्राफिक प्रहरीका जवानले सह चालकको हातमा चुरोट पोलेको देखायौ ।

ट्राफिक प्रहरी विकले एक साता अघी मात्र सिन्धुपाल्चोक मेलम्चीका सहचालक लक्ष्मण कोर्कीको हात चुरटले पोलेका हुन् । उन्को हतमा चुरटरले पोलेको छाप अझै मेटिएको छैन् ।

ट्राफिक प्रहरीको कार्यालयमै ट्राफिक हवल्दार लक्ष्मी जोशीले सुस्मिताको उठिवास लगाईदिन्छु भनेको देखयौ ।
ट्राफिक प्रहरी मोहन विकले बा ३ ख ८९४ नम्वरको बस देख्ने वित्तिकै चिट काट्ने गरेका छन् । यति सम्मकी प्रत्येक दिन विहानै सुस्मिताको गाडी पार्कीङ गरको स्थानमा गई चिट काट्ने गर्छन् । सुस्मतीको गाडी आफ्नै घर अघाडी पार्कीङ हुन्छ तर ट्राफिक भन्छ फर्कीङ गर्न पाईदैन् । सुस्मीताको प्रश्न छ कानुन मलाई मात्र किन ? दिउसोमा पनि यति घरै गाडी पार्कीङ हुन्छन् त्यस क्षेत्रमा, अरुलाई किन कार्वाही हुर्दैन् ? पज

यो हेर्नुहोस् दिउसोमा पनि हजारै सवारी साधन पार्कीङ गरिएका हुन्छन् त्यस क्षेत्रमा ।
रातीमा बस रखेका कारण मात्र होईन घर भित्र राखेको वाईकको पनि चिट काट्छन् ति ट्राफिक प्रहरीले । सुस्मीताको बसमा हावा भर्दा पनि चिट काटेको यि मेकानिक बताउछन् ।

किन यसरी टुरोटले हात पोल्ने, हावा फुस्काउने र व्यक्तीगत रुपमा पछि लाग्छ ट्राफिक प्रहरी भनि शुक्रवार हामी बसपार्क स्थित ट्राफिक कार्यालयमा पुग्यौ । त्याहां ट्राफिक प्रहरी मोहन विक नभेटिए पनि उठिवास लगाउछु भन्ने प्रहरी हवल्दार लक्ष्मी जोशी भेटिए । उन्ले सुस्मीतासंग आफ्नो व्यक्तीगत दुस्मनि नभएको भन्दै मुखबाट गलत शब्द निस्केको भन्दै सजिलै माफि पनि मागे ।
थौकीका ईन्चार्ज सई दुुर्गा भट्टले पनि ट्राफिक प्रहरीको गल्ती भए कार्वाही गर्ने बताए ।

यो विषयको रिपोटिङ सकेर हामी कार्यालय फर्कीनै लाग्दा ट्राफिक प्रहरीका प्रवक्ता एवं एसएसपी उमेश रन्जितकाको फोन आयो । उन्ले लाईभमा आफु बोल्दा प्रहरीले घुस खाएको किन देखाएको भनि आक्रोस व्यक्त गरे । यति मात्र होईन सुस्मीता लामिछाने भएका कारणले हामीले उन्का वारेमा रिपोटिङ गरेको भन्ने आशय पनि देखाए ।

एसएसपी रन्जितकारले गल्ती गर्ने ट्राफिकलाई कार्वाही गर्नुको साटो उल्टो हामीले गलत रिपोटिङ गरेको भनि आरोप लगाएपछि पीडितलाई लगेर हाम्रो टिम उन्लाई भेट्न ट्राफिक कार्यालय पुग्यौ । तर उनि यति आक्रोसित थिएकी उन्ले पीडितको कुरा सुन्दै नसुनि हामीसंग यसरी दुरव्यभार गरे ।

यति मात्र होईन त्याहां उपस्थित दुई जना डिएसपी मध्ये एक मुकुन्द मरासैनीले त हाम्रो क्यामेरामा भएको भिजोल पनि डेलिट गर्ने प्रयास गरे । यो हेर्नुहोस् ।

ट्राफिक प्रहरीले गरेको ज्यादतीका विषयमा बोल्दा ट्राफिका सिनियर अफिसरहरुले हाम्रो आवाज बन्द गर्ने प्रयास गरेपछि पीडितले कसरी न्याय पउछ ।

सुस्मीता मात्र होईनन् त्यस क्षेत्रमा ट्राफिकहरुले आफुहरुलाई दुख दिने गरेको भन्दै दुप्चेश्वर यातायात प्रालीका अध्यक्ष चित्रवहादुर थापा र सार्वजनिक पिक अप ढुवानी व्यवसायी संघका बालाजु अध्यक्ष कमल प्रसाद घिमिरे हाम्रो कार्यालय आए ।

ट्राफिक प्रहरीले गरेको ज्यादतीका विषयमा बोल्न अन्य धेरै व्यक्तीहरु हाम्रो सम्पर्कमा आएका छन् । तर ट्राफिकै अधिकारीहरु भने आफ्ना कर्मचारी जोगाउन उल्टो मडियामाथि दुर्वभार गरिरहेको छ ।



Advertisements

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.

Kantipur-Diary-900pm-25-November-2017
Kantipur Diary 9:00pm – 25 November 2017
2017-11-25
adhyatmik-chintan-2074-08-10
adhyatmik chintan 2074-08-10
2017-11-25

मोवाईलमा भेटियो भिडियो म्यासेज, आत्महत्या होईन हत्या । ट्राफिक अधिकारीहरु भन्छन् भिडियो डिलिट गर ।

67210b3ed2e6811e8108fb10b1dadc75

67210b3ed2e6811e8108fb10b1dadc75


मोवाईलमा भेटियो भिडियो म्यासेज, आत्महत्या होईन हत्या । ट्राफिक अधिकारीहरु भन्छन् भिडियो डिलिट गर ।- SIDHA KURA JANATA SANGA!! EPISODE 150

Leave a Reply

Your email address will not be published. Required fields are marked *