राष्ट्रियसभा निर्वाचनमा चार प्रकारका आठ मतपत्र
2018-01-29
काम चलाउ सरकारले गैरजिम्मेवारीपूर्ण निर्णयहरु गरे :- ओली
2018-01-29

रहस्यमय ढंगले हराए जोन तामाङ ? परिवारको यस्तो छ आक्रोश र पीडा ? (भिडियोसहित)

[embedded content]

कहाँ गए होलान् जोन तामाङ ?

काठमाडौं । महानगरीय प्रहरी बृत्त सातदोबाटो ललितपुर अगाडी अविभावकहरुको यो कोलाहल ।

बच्चा हराएको सुचनासहित फोटो रहेको प्लेकार्ड बोकेर आक्रोस र पीडा पोखिरहेका उनीहरु ललितपुर, थसिखेलका स्थानीय अविभावकहरु ।

ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत विद्यार्थी जोन तामाङलाई विद्यालयले हाइकिङ लाने क्रममा बेपत्ता भएपछि पीडित परिवार र स्थानीय अविभावकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

आफ्नो सन्तानको विछोड कसले पो धाम्न सक्छ र ? त्यसमाथि १७ बर्षको कलकलाउँदो उमेरको आफ्नो बेपत्ता भएपछि भावविह्वल अवश्थामा आफ्नो छोराको खोजिका लागि चित्कार गरिरहेकी थिइन् उनी ।

अध्ययनरत विद्यालय ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनबाटै गत विहिबार फुलचोकी डाँडामा हाइकिङ् गएर गएर फर्कने क्रममा बेपत्ता भएका जोनको चार दिनदेखि अत्तोपत्तो छैन ।

यसरी हराएका थिए जोन ?

अजय शिक्षा सदनबाट गत विहिबार विद्यार्थीहरुलाई फुलचोकी डाँडामा हाइकिङ लैजाने योजना बन्यो । सोही अनुरुप बिहीबार विद्यालयले कक्षा ५ र ६ का ११ जना विद्यार्थी हाइकिङ लगियो । तर फुलचोकीबाट फर्कने क्रममा ११ जना विद्यार्थीमध्ये कक्षा ६ मा अध्ययनरत जोन तामाङ बेपत्ता भए ।

फुलचोकी शिखरमा पुगेर ओरालो झर्दा उनी हराएका हुन् । विद्यार्थीसँगै स्कुलका प्राचार्य दुर्गाबहादुर ओली पनि हाइकिङ गएका थिए । रमाइलो गर्दै फर्केका उनीहरूले गोदावरी झरेपछि मात्रै तामाङ छुटेको थाहा पाएका थिए ।

प्राचार्य ओलीले प्रहरी तथा अभिभावकलाई जनाएअनुसार फुलचोकीबाट गोदावरी झर्ने क्रममा पाँच जनाले थकाइ लाग्यो भन्दै छोटो बाटोबाट जान अनुरोध गरेका थिए । तर, ओलीले बाटो अप्ठ्यारो छ भन्दै जान मानेनन् ।
विद्यार्थीले कर गरेपछि बाटो देखेको भए तिमीहरू जाऊ, गोदावरीमा पुगेर पर्ख भन्दै उनले छोटो बाटोबाट झर्न अनुमति दिएका थिए । तर, गोदावरीमा दुवै समूहका विद्यार्थी भेट हुँदा तामाङ देखिएनन् ।

विद्यार्थीहरु गोदावरीबाट करिब सात किलोमिटर हिँडेर फुलचोकी पुगेका थिए । लामो समयसम्म उकालो हिँडेका कारण फर्कने क्रममा थकाइ लागेपछि उनीहरूले छोटो बाटो रोजेका थिए ।

त्यसपछि सँगैका साथी तथा प्राचार्यले समेत जोनलाई धेरैबेर खोजे । तर उनलाई कतै नभेटिएपछि दिउँसो ४ बजेतिर गोदावरी प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीलाई बिहीबार नै जानकारी गराइए पनि अँध्यारो भएका कारण सामान्य खोजबिन गरेर प्रहरी फर्केको थियो । त्यसलगतै प्रहरीले खोजीकार्य जारी राखेको बताएपनि बालक तामाङ् भेटिएका छैनन् ।

विद्यार्थी हराएपछि विद्यालयका प्राचार्य ओलीलाई सातदोबाटो प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैले आफन्त, अभिभावक र स्थानीयहरु सातदोबाटो प्रहरी बृत्त अगाडी नै निकै आक्रोस र पिडा सहित बालको खोजी गरिदिन आग्रह गरिरहेका थिए ।

बालकका आफन्त र अविभावकहरुले विद्यालयले विद्यार्थीहरुलाई हाइकिङ लाने तरिका गलत भएको र यसमा विद्यालयको चरम लापरबाही देखिएको बताएका छन् ।

६ कक्षामा पढ्ने भए पनि उनी १७ वर्षका छन् । उनको खोजीमा अभिभावक, स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र र सेनासमेत खटिएका छन् । उनीहरूसँगै तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ । तर जोन अझैसम्म भेटिएका छैनन् । ४ दिनसम्म पनि उनको अत्तोपत्तो नलागेपछि परिवार पिडामा छ भने । अविभाकहरु संसंकित र आक्रोसित छन् ।

लाहपरवाहीको चरम नमुना ?

अभिभावकलाई जानकारी नै नदिई विद्यार्थीलाई विद्यालय बाहिर लैजाने निजी विद्यालयको नकारात्मक प्रबृत्ति यो घटनासँगै फेरि बहसमा आएको छ ।

फूलचोकी हाइकिङ गएका एक विद्यार्थी चार दिनदेखि बेपत्ता रहँदा अभिभावक र आफन्तले विद्यालयको पापरवाहीका कारण घटना भएको भन्दै कारबाहीका लागि प्रहरीमा दबाब बढाएका छन् ।

यता प्रहरीले भने उनको निरन्तर खोजी भइरहेको जनाएको छ । वेपत्ता भएको चार दिन वित्दा पनि नभेटिएपछि आक्रोशित अभिभावकले आइतबार महानगरीय प्रहरी वृत्त, सातदोबाटो परिसरमा नारावाजी गरे । अभिभावक संघ नेपालले समेत यो घटनालाई लिएर आपत्ति जनाएको छ ।

र विद्यालयको चरम लापरबाही र गैरजिम्मेवारपन भएको अभिभावक संघका पुर्वअध्यक्ष सुप्रभात भण्डारीको आरोप छ ।

फूलचोकीबाट फर्किने क्रममा जोन हराएको भनिएको छ । तर, अभिभावकले भने आफ्नै गल्तीका कारण घटना हुँदासमेत प्रिन्सिपलले तत्काल खबर नगरेको भन्दै घटनामा उनकै संलग्नता हुनसक्ने आशंका गरेका छन् । मदिराले मातेका कारण प्रिन्सिपलले समयमै खबर नगरेको र गरेको भए जोन भेटिने परिवारको दावी छ ।

प्रहरीले भने जोनको खोजी भइरहेको जनाएको छ । अनुसन्धानका लागि प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई नियन्त्रणमा लिएको प्रहरीलेसँगै गएका विद्यार्थी र ओलीको भनाई बाझिएका कारण जोन कहाँबाट हराएको भन्ने नै यकिन नहुँदा खोजी प्रभावित भएको जनाएको छ ।

घटना दिउँसोकै भएपनि प्रिन्सिपल ओलीले विहीबार राति ८ बजे मात्रै परिवारलाई जोन हराएको जानकारी दिएका थिए ।

घटनाले विद्यालय प्रसासनको चरम लापरबाहीलाई ओकलेको छ । गोदावरीदेखि फुलचोकी शिखरसम्म सात किलोमिटर दूरी भए पनि पाँच किलोमिटरसम्म सडक यातायातको सुविधा छ । सडक पुगेको ठाउँसम्म गाडीमा गएर बाँकी दुई किलोमिटर मात्र पैदल हिँडाउनुपर्ने भन्दै अभिभावकले विरोध गरेका छन् ।

जोन हराएपछि बाटो चिप्लो र अप्ठ्यारो भएको लगायत कारण देखाउँदै उनीहरू हाइकिङ गएको बाटो नहिँड्न प्रहरीले सूचना टाँसेको छ । घटनाको प्रकृति हेर्दा जोन बाटोबाट चिप्लिएको हुन सक्ने अनुमान गरिएको छ ।

पछिल्लो समय हाइकिङ तथा साथीभाइसँगै मिलेर घुम्न जाने प्रचलन बढे पनि सुरक्षा संवेदनशीलता अपनाउन नसक्दा पटकपटक दुर्घटना हुने गरेको छ ।

गत वर्ष पनि महाराजगन्जस्थित भ्याली पब्लिक स्कुलमा अध्ययनरत एक विद्यार्थीको साथीहरूसँगै पोखरा घुम्न जाने क्रममा नदीमा डुबेर मृत्यु भएको थियो । उनको मृत्युमा स्कुलले लापरबाही गरेको भन्दै अभिभावक र आफन्तले विरोध जनाएपछि विद्यालयले क्षतिपूर्तिस्वरूप मोटो रकम तिरेको थियो ।

यो घटनामा झनै विद्यालय र स्वयम् प्राचार्य दुर्गाबहादुर ओलीको गैरजिम्मेवार पन प्रष्टै देखिन्छ । एउटा विद्यालय जसले विद्यार्थीलाई घुमाउँन लैजाँदा ठाउँ कस्तो हो कसरी जाने भन्नेबारे सोचेन । र स्वयम् अभिभावक संग समेत जानकारी लिएन । जुन लापरबाहीको चरम नमूना हो ।

पछिल्लो समय राजधानीको विद्यालयहरुको लापरबाहीका कारण विद्यार्थीहरु असुरक्षित बनिरहेका छन् । कोही अपरणमा पर्ने त कोही हराउने, मृत्युहुने जस्ता घटनाहरु बढिरहेका छन् ।

जुन विषय निकै डरलाग्दो बन्दै गइरहेको छ । यसमा सम्बन्धित पक्ष सचेत हुन जरुरी छ । र रयो घटनाको सत्य तथ्य विवरण बाहिर आउनु जरुरी छ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.

6469362cfe2ccd1d310f34f763d0d977
Sajha Sawal । साझा सवाल अङ्क-५२९ – दशवर्षमा के फेरियो, के फेरिएन ?
2018-01-28
CAN-INFO-TECH-2018-Day1
CAN INFO TECH 2018, Day1
2018-01-29

रहस्यमय ढंगले हराए जोन तामाङ ? परिवारको यस्तो छ आक्रोश र पीडा ? – POWER NEWS

cf01e1849545534bddb2a36321da4dc3

cf01e1849545534bddb2a36321da4dc3


रहस्यमय ढंगले हराए जोन तामाङ ? परिवारको यस्तो छ आक्रोश र पीडा ? – POWER NEWS

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

Leave a Reply

Your email address will not be published. Required fields are marked *