Parked microbus stolen from Swayambhu
2018-01-14
नेपालीको रेल चढ्ने सपना पूरा हुदै
2018-01-14

राजनीतिमा रहेको भ्रष्टाचारको अन्त्य नहुंँदासम्म मुलुक समृद्धिको बाटोमा जाँदैन : घनश्याम भुषाल

कृष्ण पाण्डे

नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुषालले राजनीतिमा रहेको भ्रष्टाचारको अन्त्य नहुंँदासम्म मुलुकले समृद्धिको बाटो समात्न नसक्ने बताउनुभएको छ ।

रुपन्देही उद्योग संघको ३९ औ साधारणसभाको तथा २० औं अधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उपमहासचिव भुसालले राजनीतिमा भ्रष्टाचार मौलाएका कारण मुलुकले गति लिन नसकेको बताउंनुभयो । उहांँले भ्रष्टाचारको अन्त्य, स्थिर सरकार र आर्थिक समृद्धिका लागि बाम गठबन्धन तयार भएको दाबी गर्नुभयो ।

उपमहासचिव भुषालले अख्तियार, न्यायालय जस्ता निकायमा समेत दलीय आधारमा नियुक्ति हुँदा राजनीतिक भ्रष्टाचारको अन्त्य हुन नसकेको र त्यसरी गरिएका नियुक्तिहरुमा राजनीतिक सौदाबाजी हुने गरेको दावी गर्नुभयो । कार्यक्रमलाई प्रदेशसभाका सदस्यहरु भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, डा. कृष्ण न्यौपाने र तुलसी चौधरी, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारी, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम,रुपन्देही उद्योगसंघका अध्यक्ष दिनेशराज रेग्मीलगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार लक्ष्मण पौडेललाई औद्योगिक पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो । सम्पन्न अधिबेशनमार्फत रुपन्देही उद्योग संघको अध्यक्षमा गणेश अधिकारी ४४६ मतका साथमा निर्बाचित भएका छन् । उहाँका निकटतम प्रतिद्वन्दी सुनिल श्रेष्ठले २७० मत पाएका छन् । बरिष्ठ उपाध्यक्षमा बाबुराम बोहोरा,द्धितीय उपाध्यक्षमा दिलिप सापकोटा,महासचिब कृष्ण पराजुली,सचिबमा जीवकान्त काफ्ले लगायत बिजयी भएका छन् ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.