192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
संखुवासभा जीप दुर्घटना : मृत्यु हुनेको सनाखत भयो (अपडेट)
2018-01-14
​राष्ट्रियसभाका उम्मेदवारले ३ लाख ५० हजारभन्दा बढी खर्च गर्न नपाउने
2018-01-14

रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला र अर्जुन नरसिंहकेसीको एउटै स्वर: देउवाले काग्रेसलाई सिध्यााए

काठमाडौं । कांग्रेसका तीन प्रभावशाली नेताहरु एकै ठाउँमा उभिएका छन् । नेताहरु रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला र अर्जुन नरसिंह केसीबीच आइतबार राजधानीको महाराजगञ्जस्थित एक होटलमा गोप्य बैठक भएको छ ।

करीब दुई घण्टा लामो भएको उक्त ‘गोप्य’ बैठकमा सभापति शेरबहादुर देउवाकै कारण पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको निष्कर्ष निकालिएको छ ।
अब पनि चुप लागेर बसिरहे पार्टी गम्भीर संकटमा पर्ने भन्दै पार्टीलाई बचाउन एक भएर अघि बढ्ने तीन नेताबीच समझदारी भएको स्रोतले बतायो ।
‘ बाहिर देखिएका अभियानमा ऐक्वबद्धता जनाउँदै पार्टीलाई एक ढिक्का बनाएर लैजाने विषयमासमझदारी भएको छ ,’ स्रोतले भन्यो, ‘ पार्टीभित्रका युवा तथा विद्यार्थीको विवाद पनि देउवाकै कारणले भएको र यो विवाद कायमै रहिरहे थप संकट निम्तनेतर्फ पनि नेताहरुले निश्कर्ष निकाल्नु भएको छ ।’

पार्टीको १३ औं महाधिवेशनमा सिटौला र पौडेलले पनि सभापतिमा उम्मेदवारी दिएका थिए । विगतमा एकै समूहमा भएका भनिएका सिटौलाले समेत सभापतिमा उम्मेदवारी दिएपछि पौडेल–सिटौलाबीच सम्बन्ध विग्रिएको ठानिएको थियो । तर, पछिल्लो समय देउवाकै कारणले पार्टीमा समस्या आएको भन्दै सम्बन्ध सुधार गर्दै पौडेल–सिटौला समेत एकै ठाउँमा उभिएका हुन् । यसो त १३ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्री लडेका केसी पनि सभापतिको कार्यशैलीबाट रुष्ट रहेको बताइन्छ ।

यही कारण देउवाप्रति असन्तुष्ट नेताहरु पार्टीलाई नयाँ शिराबाट अघि बढाउन लागिपरको बताइएको छ । यसमा देउवाकै समूहमा रहेका केसीलगायत नै अग्रसर भएका हुन् ।
असन्तुष्टहरु कांग्रेसलाई पहिलेको जस्तै बलियो अवस्थामा फर्काउन कसरी एकजुट भएर जाने भन्ने विषयमा निरन्तर छलफलमा रहेको नेताहरु बताउँछन् ।
यही क्रममा गत बुधबार पनि गोंगबुमा प्रकाशमान सिंह, शशांक कोइराला र केसीबीच छलफल भएको थियो ।

पटक पटकको छलफलमा प्रभावशाली नेताहरुनै एकठाउँमा देखिएपछि देउवा घेराबन्दीमा परेको बुझिएको छ ।

कांग्रेसका युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदिप पौडेल लगायतका नेताले काँग्रेसको नेतृत्व अब युवा पुस्ताले लिनुपर्ने साथै सिंगो पार्टीमा पुर्नसंरचना र परिमार्जजसहित आम जनताको चाहानाअनुसार अघि बढ्नुपर्ने बहस चलाउँदै आएका छन् ।

यही क्रममा प्रभावशाली नेताहरु समेत देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै छलफलमा लागेका हुन् ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful