सिन्धुपाल्चोक अपडेट : अग्निको अग्रता
2017-12-07
सिन्धुपाल्चोक २ मा वाम गठबन्धन पछाडि, पशुपति दोब्बर मतले अगाडि
2017-12-07

रामेछापमा मतगणना साँझ ७ वजेवाट शुरु

  • दीपक भट्ट, 

रामेछाप  । रामेछाप । रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना साँझ ७ वजेवाट शुरुवात गरिएको छ ।
निर्वाचन आयोगले मतगणना वेलुकी ५ वजेवाट शुरुवात गर्ने भनिएता पनि विभिन्न प्राविधिक कारणले गर्दा साँझ ७ वजेवाट मतगणना शुरुवात भएको हो । मतगणना विषयलाई लिएर आज बिहान बसेको सर्वदलीय बैठकको निर्णयअनुसार रामेछापको ९० मतदान स्थलमा खसेको मत छुट्टाछुट्टै गणना गरिने भएको छ ।

प्रतिनिधि सभाको मतपत्र २ ठाँउबाट र २ ओटा प्रदेशसभाको मतपत्र १/१ ठाँउबाट गणना गरिने जनाईएको छ । मत परिणामा भने १ मतदान स्थलको मत गणना सकिएपछि मात्रै सार्वजनिक गरिने बताईएको छ । जिल्लाको मतगणना ४ दिनभित्रमा प्रदेश र प्रतिनिधिसभाको मत परिणाम आइसक्ने गरि गणनालाई तीब्र पारिने मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

१ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको रामेछापमा ९० मतदान स्थल र १ सय ९१ मतदान केन्द्र रहेको रामेछापमा कुल मतदाता १ लाख ५२ हजार ५ सय ५९ जना रहेकोमा ८९ हजार मात्रै मत खसेको थियो ।

मत गणनालाई मर्यादित, ब्यवस्थित र मत पत्रको सुरक्षाको लागि मत गणना स्थल वरिपरि तार जालीको घेराबार लगाइएको छ । उम्मेद्धवारका प्रतिनिधि,राजनीतिक दल,पत्रकार तथा पर्यवेक्षकहरुले जाली बाहिरबाट मात्रै मत गनेको हेर्न र पर्यवेक्षण गर्न भने दिइएको छ ।

Advertisements

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.