१० अर्ब रुपैयाँको पूर्वाधार विकास कोषबारे एनआरएन यूकेमा छलफल
2018-01-22
जनाधारले गर्दा प्रदेश ६ को मुख्यमन्त्री माओवादीलाई – महेन्द्र शाही
2018-01-22

राष्ट्रियसभाका उम्मेदवार छान्ने जिम्मा प्रचण्ड, श्रेष्ठ र थापालाई

काठमाडौं, माघ ८ – माओवादी केन्द्रले राष्ट्रियसभाको उम्मेदवार छान्ने जिम्मा तीन शीर्ष नेतालाई दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश इन्चार्जसहित बसेको सचिवालयको बैठकले उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई सुम्पेको हो । 

मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल बसेर अन्तिम निर्णय गर्ने दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

एमाले र माओवादीले राष्ट्रियसभामा निर्वाचित हुने ५६ मध्ये ४३ पदका लागि उम्मेदवारी दिने सहमति गरेका छन् । सहमतिअनुसार एमालेले २९ र माओवादीले १४ भागवण्डा गरेका छन् । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.