राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झामाथि दुर्व्यवहार, गाडीमा तोडफोड
2017-12-07
After Nepal Elections 2017, can Bibeksheel Sajha become Nepal’s fourth force?
2017-12-07

रुकुम पूर्वमा वाम गठबन्धनको अग्रता

रुकुम। रुकुम पूर्वमा वाम गठबन्धनले अग्रता लिएको छ । पहिलो चरणको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धनका उम्मेदवार कमला रोकाले ५०३ मतका साथ अग्रता लिनुभएको छ । यहाँ एक हजार १५९ मतगणना गर्दा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तीले २६५ मत ल्याउनुभएको छ ।

यस्तै नयाँ शक्ति नेपाल पार्टीका जीतमान पुनले २३२, नेकपा (माले)का उम्मेदवार मोतीराम खड्काले २७ र मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रतनबहादुर बुढाले छ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिनुभयो ।

यहाँ जम्मा १८ हजार ३१ मत खसेको थियो । पहिले प्रतिनिधिसभाको मतगणना गरेर मात्र प्रदेशसभाको मतगणना शुरु गरिने उहाँले बताउनुभयो । आज रातभरिमा प्रतिनिधिसभाको मतगणना सम्पन्न हुन सक्ने बताइएको छ ।

Advertisements

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.