अलैचीको वेर्ना उत्पादन गरेर गाउँमै राम्रो आम्दानी
2018-01-31
निधारमा चोट लागेको अवस्थामा एक युवा मृत फेला
2018-01-31

रोग निको हुने विश्वासका साथ तातोपानीमा नुहाउनेका भीड

  • दानबहादुर बुढा,

मुगु । मुगुको छायानाथ–रारा नगरपालिकाको वडा नम्बर १३ रुगा गाउँ नजिकै रहेको तातोपानी कुण्डमा नुहानेको भीड लागेको छ । माघ पुर्णिमाको दिन नुहाउदा यो कुण्डमा नुहाए रोग निको हुने जनश्विास रहिआएको छ ।

छायानाथ–रारा नगरपालिकामा रहेको तातोपानी कुण्डमा दिन प्रतिदिन तातोपानीमा नुहाउनेका भीड लाग्न थालेको छ । यहाँको तातोपानीमा नुहाउँदा, शरिरमा रहेका धेरै रोगहरु निको हुने जनविश्वास रहेको छ ।

तातोपानी कुण्डमा नुहाउन पुग्नेमा महिला र बृद्धबृद्धा धेरै छन । तातो पानीमा नुहाउँदा पेट दुख्ने, टाउको दुख्ने, हातगोडा दुख्ने तथा शरीरका जोर्नीहरु दुख्ने जस्ता समस्या समस्या समाधान हुने अधिकांशको भनाय छ । धेरै वर्ष अगाडीदेखि टाढा–टाढाबाट मानिस नुहाउ आने गरेको स्थानीय राजकला बिक बताउँछिन्न ।

माघे संक्रान्ति र माघ शुक्ल पुर्णिमाको दिन तातोपानीमा नुहाउँदा शरिरमा भएका रोगहरु निको हुने विश्वास रहेको अधिकांश मानिस यही तिथिमा नुहाउन आउने गर्दछन् । तर, मंसिर महिनामा सुरु हेने तातोपानीमा नुहाउने क्रम फागुनसम्म नै चल्ने गर्दछ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.