बझाङमा मत गणना सुरु, नतिजा नआउँदै परिणाम सुन्नेको घुँइचो 
2017-12-07
दोलखाको अन्यौल हट्यो, मतगणना सुरु गर्न निर्वाचन आयोगको आदेश
2017-12-07

रौतहटमा ६८ प्रतिशत मतदान, मतपेटिका संकलन भइसकेपछि मतगणना सुरु गर्ने तयारी

रौतहट, मंसिर २१ – प्रतिनिधिसभा र प्रदेशसभाका लागि रौतहटमा आज शान्तिपूर्ण रुपमा मतदान भएको छ ।

३ लाख २९ हजार ८ सय ६१ मतदाता रहेको रौतहटमा विगतको तुलनामा यो पटक शान्तिपूर्ण रुपमा चुनाव भएको छ भने जिल्लामा ६८ प्रतिशत मतदान भएको छ ।

मतदानको समयमा लाइन बस्ने विषयलाई लिएर रौतहटको फतुवा विजयपुर नगरपालिकाको हर्षाहा, वृन्दावन नगरपालिकाका केहि ठाउँ, गढीमाई नगरापालिकाको लक्ष्मिपुर र धरमपुर, गरुडा नगरपालिकाको महम्मदपुर, राजदेवी नगरपालिकाको बसतपुरमा सामान्य विवाद भए पनि शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको रौतहट प्रहरीका एसपी यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो ।

मतदान सकिएका सबै ४ सय ४९ मतदान केन्द्रहरुबाट मतपेटिका संकलनको काम भइरहेको छ । मतपेटिका राति १० बजेसम्म सदरमुकाम गौरमा ल्याउन सुरक्षाकर्मी प्रयासरत रहेको जानकारी दिँदै मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले मतपेटिका गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा राख्ने र त्यहि मतगणना गरिने छ ।

मतपेटिका आइसकेपछि सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना प्रारम्भ गर्ने उहाँले जानकारी दिनुभयो ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.