शीर्ष नेता, मुख्य प्रतिस्पर्धामा को अगाडी ?
2017-12-07
सिन्धुपाल्चोक २ मा पशुपति शमशेरले शेरबहादुर तामाङलाई पछि पारे
2017-12-07

ललितपुरका दुई क्षेत्रमा मतगणना सुरु

ललितपुर, मंसिर २१ – ललितपुरमा मतगणना सुरु भएको छ । रातीदेखि क्षेत्र नं. २ र ३ को मतगणना सुरु भएको हो । क्षेत्र नं. १ को मतगणना भने शुक्रबार बिहानदेखि मात्रै सुरु गर्ने तयारी छ ।

ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा ७२ प्रतिशत मत खसेको छ ।

क्षेत्र नं. १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा चुनावमा पूर्व डिआइजी नवराज सिलवाल र कांग्रेस उम्मेदवार उदयशमशेर राणाबिच तिब्र प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

क्षेत्र नं. २ मा कांग्रेसका चन्द्र महर्जन र एमालेका कृष्णलाल महर्जनबीच कडा प्रतिष्पर्धा हुने अनुमान छ ।

क्षेत्र नं. ३ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषाल र कांग्रेसबाट मदन बहादुर अमात्य उम्मेदवार हुनुहुन्छ । ‘हेभीवेट’ र चर्चाका हिसाबले ललितपुरको क्षेत्र नं. १ र ३ बढी चर्चामा छन् ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.