China tanker fire: Bodies found as Sanchi still burns
2018-01-13
गौरी मल्लको गीतमा दिव्य र नम्रताको रोमान्स (भिडियोसहित)
2018-01-13

वाम एकता राजनीतिक आवश्यकता हो, बाध्यता होइन : भण्डारी


पोखरा, २९ पुस । अखिल(क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीले एमाले र माओवादीबीच सम्मानजनक पार्टी एकता हुने जिकिर गरेका छन् । अखिल (क्रान्तिकारी) ४ नं. प्रदेशकाे पाेखरामा अायाेजित बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

अार्थिक समृद्धि, सामाजिक रुपान्तरण, स्थायित्व र सुशासनसहितकाे सामजवाद निर्माणकाे लागि वामपन्थीहरूकाे एकता अाजकाे राजनैतिक अावश्यकता भएकाे उनले बताए । भण्डारीले वाम एकता बाध्यता र विलयकाे रुपमा बुझ्ननहुनेमा उनले जाेड दिए ।

पार्टी एकता गर्दा विचार, सिद्धान्त, राजनीतिक एजेण्डा, संगठनात्मक संरचना र नेतृत्वकाे बारेमा स्पष्ट छलफल गरेर मात्रै पार्टी एकता हुनुपर्नेमा उनले जाेड दिए । पार्टी एकतापछि पार्टीकाे नेतृत्व र सरकारकाे नेतृत्व फरक-फरक व्यक्ति हुने कुरा टुङ्गिसकेकाे पनि उनले जिकिर गरे ।

जनयुद्ध, जनअान्दाेलन लगायत सबै अान्दाेलन र ईतिहासकाे उचित मुल्याङ्कन गर्दै एकतामा जोड दिनुपर्नेमा उनको जोड थियो । उपाध्यक्ष भण्डारीले एकताकाे बैचारिक बहसमा युवा विद्यार्थीहरूले पहल लिनुपर्ने बताए ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.