मुस्ताङको प्रदेशसभा ‘ख’ मा महेन्द्रबहादुर थकाली विजयी
2017-12-07
Crypto currency
2017-12-08

वाम गठबन्धनले मुस्ताङबाट विजयी खाता खोल्यो, प्रदेश प्रतिनिधि दुबैमा विजयी

काठमाडौं । एमाले माओवादी गठबन्धनले प्रदेश/प्रतिनिधिसभा निर्वाचनमा खाता खोलेको छ । मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याए । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा थकालीले जित हासिल गरेका थिए । उनी त्यसपछि मन्त्रीसमेत भएका थिए ।

त्यस्तै प्रदेशसभामा पनि बाम उम्मेदवार नै विजयी भएका छन्। मुस्ताङ प्रदेश सभा क मा एमाले उम्मेदवार इन्द्रधारा विष्ट ११६७ मत सहित विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् ।


Source: Yes Kathmandu ले छापेको छ ।

Comments are closed.