प्रकाशको निधनपछि सीताको स्वास्थ्यस्थिति बिग्रियो,फलोअपका लागि दिल्ली पुगिन्
2018-01-14
मानव बेचविखन विरुद्धको काममा अमेरिकाले ९१ करोड सहयोग गर्‍याे
2018-01-14

वाम गठबन्धन टुटाउन देशी विदेशी शक्ति सक्रिय : नेता शाही

भक्तपुर, ३० पुस । पूर्व मन्त्री एवं माओवादी केन्द्रका युवा नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन टुटाउन देशी विदेशी शक्तिको चलखेल बढेको बताएका छन् ।

रफत सञ्चार क्लबमा आज आयोजीत कार्यक्रममा बोल्दै शाहीले वाम गठबन्धन र लोकतान्त्रीक गठबन्धनलाई टुक्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशी विदेशी शक्ति लागेको बताउँदै उनले वाम गठबन्धको एकता तोड्ने चलखेल जारी रहेतापनि त्यसले पूर्णता नपाउने बताए ।

पाँच बर्ष सम्म वाम गठबन्धनबाट एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने बताउँदै अब बन्ने वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने र त्यो कार्यकाल पाँच बर्ष हुनेमा कसैलाई शंका नगर्न उनले आग्रह गरे ।

उनले वर्तमान देउवा सरकाले जाँदा जाँदै गरेको राम्रा कामको निरन्तरता दिने तर गलत निर्णय नयाँ बन्ने वाम गठबन्धनको सरकारलाई मान्य नहुने बताए । ‘अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर जसरी निर्णय गरेको छ । यो कामचलाउ सरकारले त्यो सरासर संबिधान बिपरित गएर काम गरिरहेको छ,’  उनले बताए ।

निर्वाचन आयोगले समेत नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय भएको भन्दै उनले निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संबिधानको समेत उलंघन गर्ने काम गरेको उनको टिप्पणी छ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.