'जाजरकोटमा देखिएको रोग नियन्त्रणमा'
2018-01-13
अमेरिकी प्रतिबन्धविरुद्ध इरान आक्रोशित
2018-01-13

विमानस्थलमा रहेको श्रमको छाप लगाउने डेक्समा कर्मचारी हुदैनन्

श्रम कार्यालय मात्र होईन विमानस्थलमा रहेको श्रम डेक्सको अवस्था पनि त्यस्तै छ । शुक्रवार राती १२ बजेको बतनिया एयरलाईन्सबाट कतार जान लागेको नवलपरासीका राजन लम्साल १० बजेर २० मिनेटमा विमानस्थलमा रहेको श्रम काउन्टरमा पुगे ।

त्यहाँ कोही कर्मचारी थिएन्न् । उनी भित्र त छिरे तर बोडिङमा श्रमको स्टम्प नभएपछि उन्लाई रोकियो र उन्को प्लेन छुट्यो ।
राजनको यो गुनासो आएपछि हाम्रो टिम बिमानस्थल पुग्यो । हामीले राजनलाई लगेर श्रमको डेक्स राखिएको श्रमको कार्यालयमा पुग्यौ । हामी पुग्दा सवा दुई बजेको थियो ।

१३ जना कर्मचारी रहेको श्रम डेक्सको कार्यालयका ईन्चार्ज अनुज गौतम कार्यालय पुगेका थिएन्न् । हामीले सम्पर्क गरेपछि पनि उनले अझै ४५ मिनेट लाग्ने बताए ।

त्यसको एक घण्टा पछि हाम्रो भेट त्यहाका ईन्चार्ज अनुज गौतम र उनको टिमसंग भयौ । गौतमसहित शुक्रवार राती डिउटीमा खटिएका योगेन्द्र अधिकारी र शिवओम पुडासैनि पनि त्यही भेटिए ।

शुक्रवार राती खटिएका कोही कर्मचारी ८ बजे नै घर गएका थिए भने केही त्यपछि । शुरुमा त उनिहरुले आफुहरु साढे १० बजे सम्म कार्यालयमा रहेको बताए तर हामीले अन्य प्रमाणहरु देखाएपछि उनिहरुले आफ्नो गल्ती स्विकार गरे ।

१३ जना कर्मचारी रहेको यो कार्यालय केही पनि सिस्टममा छन् । कर्मचारीले हप्ताको एक दिन कार्यालय आएर सही गरेपनि कसैले थाहा पाउदैन् । समय त उल्लेखनै गरिदैन् ।

अन्तयत कर्मचारीहरुले राजन लम्साललाई बिदेश पठाउने प्रतिवद्धता जनाए । जसमा मेनपावरले पनि सहयोग गर्ने बताएको छ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.