Six-member probe commission formed to look into US Bangla Air plane crash
2018-03-12
यूएस बंगला विमान दुर्घटना : मृतकको संख्या ४९ पुग्यो
2018-03-12

विमान दुर्घटनाः ओली र शेख हसिनाबीच फोनवार्ता

काठमाडौं, २८ फागुन । सोमबार अपरान्ह काठमाडौं विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदबीच फोन वार्ता भएको छ।

प्रधानमन्त्री ओलीले विमान दुर्घटनाको स्थलगत अवलोकन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका सिंहदरबार फर्केलगत्तै बंगालादेशकी प्रधानमन्त्री वाजेदलाई फोन गरी घटनाबारे दुःख व्यक्त गरेका हुन् ।

बंगलादेशी प्रधानमन्त्रीसँगको फोन सम्पर्कमा प्रधानमन्त्री ओलीले विमान दुर्घटनामा ज्यान गुमाएका यात्रु र भौतिक क्षतिप्रति नेपाल सरकार दुःखी रहेको बताएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बगजाईंले जनाएका छन् ।

बंगलादेशको राजधानी ढाकाबाट चालक दलसहित ७१ जना यात्रु लिएर काठमाडौं आएको युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा परेका मध्ये ४९ जनाको मृत्यु भएको छ ।

बंगालदेशका प्रधानन्त्रीले दुर्घटना लगत्तै उद्धारका लागि नेपाल सरकारले देखाएको तदारुकताप्रति धन्यवाद व्यक्त गरेकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ  ।

The post विमान दुर्घटनाः ओली र शेख हसिनाबीच फोनवार्ता appeared first on Sajha Post.

Comments are closed.