प्रदेश सरकार गठनमा वाम गठबन्धनको सहमति जुट्यो : हेर्नुहोस यस्तो छ सहमति
2018-01-13
कर छल्ने र बक्यौता राख्नेलाई कारबाहीको तयारी
2018-01-13

शीतलहरबाट यसरी बचौं

काठमाडौं, २९ पुस । चिसो बढेसँगै त्यसको मारमा विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगी परेका छन्। शरीरको सामान्य तापक्रम ३० डिग्री सेन्टिग्रेट हुन्छ। तर बाहिरी वातावरणीय चिसोका कारण शरीरको तापक्रम घट्दै गई मृत्यु हुने गरेको चिकित्सकहरू बताउँछन्।

शिशु, बालबालिका र वृद्धवृद्धामा रोग प्रतिरोधात्मक शक्ति न्यून हुने कारण बढी प्रभावित हुने गरेका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका फिजिसियन डा. निरज बमका अनुसार, चिसोेका कारण बालबालिका र वृद्धवृद्धालाई रुघाखोकी, पखला, निमोनिया, ब्रोङकाइटिस, दम, मुटुरोग र भाइरल ज्वरोले सताउने गरेको छ।

छाति घ्यारघ्यार हुने, स्वाँस्वाँ हुनेलगायत समस्या लिएर श्वासप्रश्वासका बिरामी उपचारका लागि अस्पताल आउने गरेका डा.बम बताउँछन्।

चिसोमा श्वासनली खुम्चिएर साँघुरो हुने उल्लेख गर्दै डा. बम भन्छन, ‘मदिरा पिएर बीच बाटोमै सुत्नेहरूको चिसोेले शरीरको तापक्रम घटेर मृत्यु हुने गरेको छ।’

शरीरको तापक्रम ३२ डिग्री सेल्सियस हुँदासम्म शरीरले थेग्न गर्न सक्छ। तर, तापक्रम ३० डिग्रीभन्दा कम भएमा हाइपोथर्मिया अर्थात् शरीर कम्पन हुने चिकित्सकहरू बताउँछन्।

चिसोले गर्दा शरीरमा अक्सिजनको पूर्तिमा ह्रास आउने र शरीर काम्नुका साथै धमनीमा शंकुचन आउँछ। रक्तचाप, मुटुको चाल र श्वास÷प्रश्वास घट्दै जान्छ। चिसोका कारण दीर्घरोगी बढी पीडित हुने गरेका छन्। ‘बाहिरी वातावरणले चिसोलाई शरीरको तापक्रमले भरसक मेन्टेन गर्न खोज्छ’, फिजिसियन डा. बम भन्छन, ‘घरबाहिर सुत्ने वा हेलचेक्राइँ गर्नेको शरीरको तापक्रम घटेर मृत्यु हुन सक्छ। दीर्घरोगीको चिसोमा अन्य रोग थपिएर ज्यान जान सक्छ।’

‘शरीरको तापक्रम चिसिँदै जाँदा रगतको प्रवाहमा सुस्तता आउँछ’, वरिष्ठ काया (शरीर) चिकित्सक प्राडा डीबी रोका भन्छ, ‘चिसोेमा रगतको सञ्चार निकै ढिलो हुने गर्छ। रक्तनलीहरू खुम्चिन्छन्। मस्तिष्कलगायत अंगमा रगत पुग्न ढिलाइ हुँदा मृत्यु हुने गरेको छ।’ गुद्धद्वावरको तापक्रम २५ डिग्री सेन्टिेग्रेटभन्दा कम भए मृत्यु हुने डर हुन्छ।

वरिष्ठ बालरोग विशेषज्ञ डा.गणेशकुमार राईका अनुसार, रुघाखोकी बिग्रेपछि हुने निमोनिया, ब्रोङकाइटिस र दमले बालबालिकालाई सताउने गरेको छ। ब्याक्टेरिया र भाइरसका कारण हुने निमोनियाले दुई वर्षमुनिका बालबालिकालाई सताएको चिकित्सकले बताए। डा. राई भन्छन्, ‘रोटा भाइरसबाट हुने ‘डायरिया’ बाट पनि बालबालिका पीडित भएका छन्।’ पोषणविद् डा. जया प्रधान शरीरलाई न्यानो बनाइराख्न लत्ताकपडाका साथै खानपानमा पनि ध्यान दिनुपर्ने बताउँछिन्।

‘शिशु, बालबालिका र वृद्धवृद्धाहरूलाई घरबाहिर हिँडडुल गर्न दिनुहुँदैन’, उनी भन्छिन्, ‘नियमित खानेकुरा त छँदै छ त्यसबाहेक पनि तातो झोलिलो खानेकुराका साथै जाउलो खुवाउनुपर्छ। तातो सुप खाइरहनुपर्छ।’

चिसोमा क्यालोरियुक्त खानेकुरा खानुपर्ने सुझाव उनको छ। शिशुलाई पर्याप्त आमाको दूध खुवाउनुर्छ। त्यस्तै अन्य उमेरका व्यक्तिले मनतातो सुप खुवाउनुको साथै दूध, मह खाँदा शरीरको तापक्रम सन्तुलित राख्न सहयोग पुग्ने उनले बताइन्। चिसोमा खानेकुरा तताएर मात्र खानुपर्छ। तराईका जिल्लामा गरिबीका कारण यस्तो सुविधा नभएकाले बालबालिका तथा वृद्धवृद्धा मर्ने क्रम बढेको हो। अन्नपूर्णपोस्ट दैनिकमा दिनेश गौतमले खबर लेखेका छन् ।

बच्ने उपाय
– शीतलहरका बेला घरबाहिर हिँडडुल नगर्ने

– बासी सडेगलेका खानेकुरा नखाने

– कोठाका झ्यालढोका खुला नराखी न्यानो बनाउने

– बाक्लो तथा न्याना लुगा लगाउने

– शिशुलाई आमाको दूध प्रशस्त खुवाउने

– पोषिलो खानेकुरा खाने

– ताजा फलफूल र सागपात खाने

– दूध, मह, सुप सेवन प्रशस्त गर्ने

– मनतातो पानी पिउने

– हट वाटर ब्यागको प्रयोग गर्ने

– धुलोधुवाँ र चिसोबाट बच्ने

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.