192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
अमेरिकाको एक विद्यालयमा गोलाबारी हुँदा दुई विद्यार्थीको मृत्यु
2018-01-24
राष्ट्रिय सभाको ५६ सिटमा आज उम्मेदवारी दर्ता हुँदै
2018-01-24

श्याम परदेशीलाई उपस्थित गराउन प्रहरीलाई पत्र । बिरामी बेच्दै सरकारी अस्पतालका डाक्टरहरु ! (भिडियो सहित)

भरतपुर क्यानसर अस्पतालका डक्टरहरुको कमाउ धन्दा

कुनै समय एसियाकै नमुना क्यान्सर अस्पताल भरतपुर क्यान्सर अस्पताल अहिले रिफरल सेन्टरमा परिणत भएको छ ।

क्यान्सरका बिरामीलाइ दिइने महत्वपूर्ण सेकाइ थेरापी रेडियसन थेरापी को लागि रेडियसन अन्कोलोजी बिभागका चिकित्सकहरुले आफ्नो लगानी भएको भक्तपुरको काठमान्डौ क्यान्सर सेन्टर मा बिरामी रिफर गर्ने गरेका छन् ।

झापा शान्तिनगरका गोपाल खतिवडा आफ्नी आमा हेमकुमारीलाइ जिब्रोको क्यान्सर भएपछि भरतपुर क्यान्सर अस्पताल गए रेडियसन थेरापीको लागि पुष १० गते अस्पताल पुगेका उनलाई अस्पतालका रेडियसन अन्कोलोजिष्ट डा शिवजी पौडेलले रेडियसन थेरापीको लागि ३, ४ महिना कुर्नुपर्ने र राम्रो मेसिन पनि नभएको अझ समय मै उपचार नगरे रोग बढ्ने भन्दै आफ्नो लगानी भएको अस्पताल भक्तपुर स्थित काठमान्डौ क्यान्सर सेन्टरमा रिफर गरे ।

सरकारी अस्प्तालमा करिब ३० हजारमा हुने उपचारलाइ काठमान्डौ क्यान्सर सेन्टरमा २ लाख ४७ हजार तिर्नु पर्यो होटल खाना यातायात गरेर झन्डै ३ लाख जति पर्छ ।

सरकारीमा सस्तोमा हुने उपचारलाइ निजिले ढाड सकिने गरी पैसा लिए पछि उनी हाम्रो कार्यलयमा गुनासोको लागि आए ।

उनको गुनासो सुने पछि हामी काठमाडौं क्यान्सर सेन्टर गयौ, जहाँ पुग्दा थाहा भयो भरतपुर क्यान्सर अस्पतालबाट रेडियसन थेरापी गर्नुपर्ने सबैजसो बिरामीलाइ ३, ४ महिना कुर्नु पर्ने, मेसिन बिग्रिएको राम्रो मेसिन नभएको जस्ता बाहानाले रिफर गरिएको रहेछ ।

राजविराज देखि श्रीमानको उपचारको लागि आएकी सान्तिदेबीलाई पनि ४ महिना समय लाग्ने भन्दै डा. सुरेन्द्र गौचनले काठमान्डौ क्यान्सर सेन्टर रिफर गरेका हुन् । उनलाइ लिन काठमाडौं क्यान्सर सेन्टरको गाडी नै कलंकी आएको थियो । अहिले उनको पनि २ लाख सकिएको छ ।

काठमाडौं क्यान्सर अस्पतालमा भेटिएका सवै विरामी भरतपुर क्यान्सर अस्पतालबाटै रिफर भई आएका हुन्छन् ।
काठमान्डौ क्यान्सर सेन्टरमा भरतपुर क्यान्सर अस्पतालका रेडियसन अन्कोलोजी बिभागका डा. सुरेश श्रेष्ठ र समिर शर्मा बाहेक सबैको लागनी छ । पुर्व विभागीय प्रमुख डा अन्जनी झा, डा शिवजी पौडेल, डा प्रदिप न्यौपाने, डा सुरेन्द्र गौचन, रंजन भण्डारी को ५ देखि २५ लाख लगानी रहेको छ ।

धेरै समय अस्पताल मै नबस्ने र बसे पनि आफ्नो लगानी भएको अस्पतालमा बिरामी रिफर गर्ने डा शिवजी पौडेल मेडिकल काउन्सिलका सदस्य समेत हुन् ।

यी डाक्टरहरुले चाहेमामा अस्पतालमा मेसिनहरु तन्दुरुस्त बनाएर बिरामीलाइ सस्तोमा उपचार सेवा दिन सक्छन् । तर सरकारीबाट बिरामी रिफर गरेर कमाउन पल्केका यी डाक्टरहरुले गर्दा नै दक्षिण एसिया कै नमुना अस्पताल रिफरल सेन्टरमा परिणत भएको हो ।

क्यान्सर अस्पतालमा थ्री डी सिआरटी आइएम आरटी उपचार प्रबिधि बिग्रिएको २ बर्ष भयो चार करोड मा भित्र्याएको उक्त मेसिन बनाउन कसैले चासो देखाएका छैनन् ।

बरु आएका विरामीहरुलाई सरकारी अस्पताल भन्दा आफ्नो लगानीको अस्पताल काठमाडौं क्यानसर सेन्टरमा राम्रो र छिटो उपचार हुने भन्दै रिफर गर्छन् ।

भरतपुर क्यान्सर अस्पतालका केही डक्टरहरुले अस्पतालनै बिरामी बनाएका छन् ।

२५ गाउँ ठग्ने सर्लाहीका श्याम परदेशीलाई खोज्दै प्रहरी

जाली तमसुक बनाएर सर्लाहीका २५ गाउँ नै ठगेका श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण शाह बिषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अदालतका न्यायाधिशले चासो देखाएकाछन् ।

हामीले श्याम परदेशीले जाली तमसुक बनाएर पीडित बनेका स्थानीयहरुका बारेमा सर्लाहीको हरीपुरमै पुगेर रिपोर्टीङ गरेका थियौ ।

साथै यस बिषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसँग हामीले लाइभ कुरा गरेका थियौँ । सर्लाहीका हरिपुर, लालबन्दी, ईश्वरपुर, मलंगवा लगायत ठाउँका तीन सय भन्दा बढी मानिसलाई ठगेको बिषयमा आँफुले तत्काल अनुशन्धान गरी पीडितलाई सहयोग गर्ने बताएका थिए ।

हामीले रिपोर्ट प्रशारण गरेको भोलीपल्टै पीडितहरुले प्रमुख जिल्ला अधिकारी कटुवालाई भेटी ज्ञापन पत्र बुझाएका छन् ।
यस लगत्तै प्रमुख जिल्ला अधिकारी कटुवालले श्याम परदेशीलाई उपस्थित गराउन भनि प्रहरीलाई पत्राचार गरिसकेको जानकारी गराएका थिए ।

यो संगै प्रमुख जिल्ला अधिकारीकै सहयोगमा पीडितहरुले जिल्ला अदालत सर्लाहीका न्यायधीश मुकेश उपाध्यलाई भेटी गुनासो राखेका छन् ।

पीडितहरुका अनुसार न्यायधीश उपाध्यले श्याम परदेशीले लगाएका ठगि मुद्ध र जाली तमसुकको बिषयमा शुक्रबार सबै न्यायधीशहरुसँग आवश्यक छलफल गरी अघि बढ्ने बताएका छन् । प्रमुख जिल्ला अधिकारी र न्यायधीशको आश्वासनपछि पीडितहरुले न्याय पाउनेमा आशावादी बनेका छन् ।

३ लाख घुससहित असई रेशमबहादुर खड्का रंगेहात पक्राउ (सिधाकुरा)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत असई रेशमबहादुर खड्का तीन लाख घुससहित रंगेहात पक्राउ गरेको छ ।

काठमाडौंको पेप्सीकोलास्थित स्किम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीकुमार गुरुङ सेयर सदस्यको पैसा लिएर ६ महिना अघि फरार भएपछि अईस खड्काले बुटवलमा कार्यरत छँदा फरार गुरुङका बुवासंग पिडितलाई सवै पैसा दिने भनि कागज गराएका थिए ।

असई खड्काले दुवै पक्षलाई कार्यालय बाहिर राखी एक करोड ३० लाख रुपैयाँको कागज गराएका थिए । तर असई खड्काले त्यो काजग आफैसंग राखे र पैसा दिए मात्र कागज दिने भनि बार्गेनिङ सुरु गरे ।

अन्त्यत पिडित पक्षले ३ लाख रुपया दिने भनेपछि उन्ले कागज दिन मानेका थिए । पिडितहरुले यस विषयमा अख्तियारमा निवेदन दिएपछि अख्तियारका असई खड्कालाई माछापोखरी स्थित चिया पसलबाट ३ लाख रुपयां लिदै गर्दाै रंगे हात पक्राउ गरेको हो ।

यस अख्तियारको सहयोगमा सिधा कुरा टिमले गरेको स्ट्रिङ अपरेसनमा बालाजु वृतका डिएसपीसहित अन्य चार जनालाई अख्तियारले नियन्त्रणा लिएको थियो ।

दशैको मुखमा बालाजु चौकीमा गंगा देवानलाई राखी प्रहरीलेनै २० लाख रुपयां फिरौती मागको थियो ।

अन्त्यमा पिडित पक्षाले ५ लाख मात्र दिन सक्ने भनेपछि चन्द्रसिह भाटलाई चौकी भित्रै उक्त रकम बुझेका थिए ।

असई भाट हवल्दार मनोज यादव, प्रहरी जवान पुस्कर शाह र विचौलिया विनोद थापालाई त्यतीखेरै अख्तियारले नियन्त्रणमा लिएपछि पछि मात्र उक्त घटनामा चौकीका प्रहरी ईन्चार्ज डिएसपी नविनकृष्ण भण्डारीको संलग्नता रहेको पाईएको थियो । यो मुद्धा अहिले विषेष अदालतमा छ ।



Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.

8d9af0d41cbf6f53f7c0bf63d2736384
‘ठग व्यवसायी’ लाई दाहालको कडा चेतावनी | Kumar Prasad Dahal | Nepal Aaja
2018-01-23
Sagarmatha-Bisesh-With-Prof.-Dr.-Prem-Sharma
Sagarmatha Bisesh With Prof. Dr. Prem Sharma
2018-01-23

श्याम परदेशीलाई उपस्थित गराउन प्रहरीलाई पत्र । विरामी बेच्दै सरकारी अस्पतालका डाक्टरहरु ।

fc816dad68bd9e411dcbbdf6ebe16dd5

fc816dad68bd9e411dcbbdf6ebe16dd5


श्याम परदेशीलाई उपस्थित गराउन प्रहरीलाई पत्र । विरामी बेच्दै सरकारी अस्पतालका डाक्टरहरु – SIDHA KURA JANATA SANGA !! EPISODE 175

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful