तारको थेगिनसक्नु भार : यो काठमाडौं कि तारमाडौं
2018-06-14
Swasthani lecture
2018-06-14

संखुवासभामा पेस्तोलसहित एकजना पक्राउ

संखुवासभा – संखुवासभाको खाँदबारी–३ मानेभञ्ज्याङबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । 

बुधबार राती प्रहरीको गस्ती टोलीले सिलिचोङ गा“उपालिका–५ याफुका ३५ वर्षीय केदार राईलाई पक्राउ गरेको हो ।

को ३१ प ९५४४ नम्बरको मोटरसाईकलबाट खाँदबारीतिर आउँदै गरेका राईले शंकास्पद गतिविधि गरेपछि प्रहरीले जाँच गरेको थियो ।

उनको साथबाट स्वचालित पेस्तोल, त्यसको दुईवटा म्यागजिन र १४ राउण्ड गोली बरामद गरिएको डीएसपी श्यामकुमार सारुमगरले बताउनुभयो । 

उनलाई हातहतियार तथा खरखजाना अन्तर्गत मुद्धा दर्ता गरिएको छ । 

पक्राउ परेका राई नयाँशक्ति पार्टीका कार्यकर्ता हुन् । उनी गएको स्थानीय तहको निर्वाचनमा सिलिचोङ गाउँपालिका ५ मा वडा अध्यक्षको उमेदवार बनेका थिए । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *