कतारमा रहेका ओखलढुंगे युवाको पहलमा गाउँमा एम्बुलेन्स
2018-01-31
अलैचीको वेर्ना उत्पादन गरेर गाउँमै राम्रो आम्दानी
2018-01-31

सदरमुकाम सारेकोमा रुकुमकोटमा बिरोध जारी, नाराबाजी गर्दै थाल बजाएर प्रदर्शन

रुकुम । सदरमुकाम सारेको विरोधमा रुकुम पूर्वको रुकुमकोटमा छैठौं दिन पनि विरोध प्रदर्शन भएको छ ।

प्रर्दशनका क्रममा सहभागीले रुमालबारा, बाहुनठाना, छिप्रिदह, पाखागाउँ लगायतका स्थानमा नाराबाजी गर्दै थाल बजाएर प्रदर्शन गरेका थिए ।

रुकुमकोटमा गत शुक्रबारदेखि अनिश्चितकालिन बन्द गरिएको छ । बन्दले रुकुमकोटका सबै शिक्षण संस्था, संघसस्था, बजार, सबै सरकारी कार्यालयहरु प्रभावित भएका छन् ।

गत विहीबार मात्र मन्त्रीपरिषद्को बैठकले रुकुमकोटबाट गोलखाडामा सदरमुकाम सार्ने निर्णय गरेको थियो ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.