धनुषाको मतगणना तार जालीको घेराभित्र
2017-12-07
पहिलो निर्वाचित प्रतिनिधि हुन मुस्ताङ र मनाङको प्रतिस्पर्धा
2017-12-07

सप्तरीको औरहीमा कांग्रेस र राजपा कार्यकर्ताबिच झडप, ४ घाइते

सप्तरी, मंसिर २१ – सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ मा नेपाली कांग्रेस र राष्ट्रिय जनशक्ति पार्टीका कार्यकर्ताबिच झडप भएको छ ।

डाक्नेश्वरी ६ को सरस्वति मावि औरही मतदान केन्द्रमा राजपा कार्यकर्ता ३९ को जिवेश यादव र नेपाली कांग्रेस बद्री यादवबिचबाट सुरु भएको विवादमा चार जना घाइते भएका हुन् । उनीहरुबिच मतदानको विषयलाई लिएर विवाद सुरु भएको हो ।

घाइते हुनेमा औरहीका बद्री यादव, सुनिलकुमार यादव, रामविलाश यादव र सुभद्रादेवी यादव छन् । जिवेशलाई घरेलु हतियारसहित पक्राउ गरिएको सशस्त्र प्रहरीका इन्सपेक्टर शैलेन्द्र थापाले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि राजविराज पठाइएको पनि थापाले जानकारी दिनुभयो ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.