192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
चेन्नई बन्यो तेस्रोपटक आईपीएल च्याम्पियन
2018-05-28
A war of nerves between Pakistan's military and Sharif
2018-05-28

सरकारकै मूल्यांकनमा सरकारको सय दिन

काठमाडौं, जेठ १४ – सरकारले आफ्नो सय दिनमा महत्वपूर्ण उपलब्धि हासिल भएको दावी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार सय दिनको उपलब्धि सार्वजनिक गरेको हो ।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको सय दिनका महत्वपूर्ण उपलब्धि’ शीर्षकमा ८८ वटा बुँदा उल्लेख गरिएको छ ।

यसबीचमा संघीयता कार्यान्वयन, कानुन निर्माण, कृषि, अर्थ, उर्जा, उद्योग, श्रम तथा रोजगार, पूर्वाधार, पर्यटन, सामाजिक विकास, स्वास्थ्य, शान्ति र स्थायीत्व, शासकीय सुधार र परराष्ट्र सम्बन्धका विषयमा महत्वपूर्ण काम भएको सरकारको दावी छ ।

समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन लक्ष्यका साथ सुरु भएको कामलाई महत्वपूर्ण उपलब्धिको रुपमा राखिएको छ । यस्तै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, यातायातको सिन्डिकेट अन्त्य, सुन तस्करी काण्डका अभियुक्त पक्राउ, औधोगिक क्षेत्रमा लोडसेडिङ मुक्त हुनुलाई पनि सरकारले महत्वपूर्ण उपलब्धि भएको मूल्यांकन गरेको छ ।

नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गर्नु, बागलुङ, सिरहा, बारा, लुम्बिनी लगायतका ठाउँमा भ्रमण गर्नुलाई पनि सय दिनको उपलब्धिको रुपमा राखिएको छ ।

सरकारले सार्वजनिक गरेको सय दिनको उपलब्धि हेर्न यहाँ क्लिक गर्नुहोस् । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful