192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
सेवासुविधामा विभेदपछी दोलखाका म्यादी प्रहरी आन्दोलनमा, प्रहरीले गर्यो लाठीचार्ज
2017-12-18
नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ
2017-12-18

सस्तो सामानको आसले उपभोक्ता निराश, करोडौं ठगेर ब्यापारी फरार

पोखरा । पोखरामा सस्तो सामान बेच्ने एक ब्यापारी करोडौं ठगेर भागेका छन् । सस्तो सामान बेच्ने आश्वासन दिएर स्थानीयसँग अग्रिम रकम असुलेका भारतीय ब्यापारी भागेका हुन् । पोखराको सृजनाचोक स्थित अक्सिजन ट्रेडर्स नामको पसल सञ्चालन गरेका भारतीय नागरिक राजेन्द्र थेङवेलले सयौं स्थानीयसँग रकम संकलन गरी सम्पर्क विहिन भएपछि उपभोक्ता ठगिएका हुन् ।

अक्सिजन ट्रेडर्सको नामबाट थेङवेले केहि समय अघि जनतासंग विश्वास जित्न ईलेक्टिक, फर्निचर लगायतका सामानहरु बजार मुल्य भन्दा करिब ३५ प्रतिशत सस्तो गरेर दिएका थिए । तर शुक्रबारदेखि भने उनी सम्पर्कमा छैनन् । पोखरा ७ कि सगुन बरालले एक लाख भन्दा बढि रुपैयाँ बुझाएर सामान अर्डर गरेको बताइन् ।

अधिकाशं व्यक्तिहरुलाई पुस ३ गते (आज) सामान लिन बोलाएका थिए । तर पसलमा ताला लगाईएको छ । अग्रिम रकम बुझाउनेलाई प्यान नम्बर र मोवाईल नम्बर सहित विल दिएपनि उक्त प्यान विलमा भने अर्कैको नाम देखिन्छ । ट्रेडर्सका सम्बन्धित व्यक्तिको मोवाईल स्विच अफ गरिएको छ ।

ब्यापारी भागेपछि उपभोक्ताहरु विहानैदेखि पसल वरीपरी घेरेर बसेका छन् । केहि दिन पहिले ठगी गरेको उजुरी गरेपछि प्रहरीले ति ब्यापारीलाई पक्राउ गरेको थियो । प्रक्रिया अनुसार नै पसल सञ्चालन गरेको भन्दै केही दिनपछि उनी थुनामुक्त भए । उपभोक्ता र अन्य ब्यवसायीले ठगी गरेको र गैर कानुनी हिसावमा ब्यवसाय चलाएको आरोप लगाउँदै कर कार्यालयमा समेत उजुरी हालेका थिए । तर अहिलेसम्म कुनै कानुनी कदम नचालेपछि ब्यापारी भागेका हुन् ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful