प्रअले विद्यार्थीलाई पिसाब खुवाए
2018-05-18
​विश्वप्रकाश, गगन र धनराज भन्छन् : कम्युनिष्ट एकता कांग्रेसका लागि ‘इमर्जेन्सी काल’ जस्तो
2018-05-18

सहायक सचिवमाथि हातपात गर्ने ३ जना पक्राउ

कपिलवस्तु जेठ ४ – शुद्धोदन गाउँपालिका वडा नं. ६ वडा कार्यालयका सहायक सचिव वडरी यादवमाथि हातपात गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा त्यसै वडाका ४० वर्षीय राहत हुसेन मुसलमान, उनका छोरा २३ वर्षीय सरबर आलम मुसलमान र रुपन्देही जिल्ला लुम्बिनी नगरपालिका वडा नं. ५ का ३५ वर्षीय ईनमुल्लाह मुसलमान रहेको प्रहरीले जनाएको छ । 

वडा कार्यालयमा नागरिकताको सिफारिश बनाउने विषयमा दुवै पक्षबीच विवाद हुँदा पक्राउ परेका उनीहरुले सहायक सचिव यादवलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । 

कुटपिटबाट घाइते भएका वडा सचिव यादवको भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका ३ जनामाथि सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता भई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *