विश्वकप २०१८ काे पहिलो गोल गाजिन्स्कीकाे नाममा
2018-06-14
एडीबीमा कार्यरत सुवेदीलाई सरकारले फिर्ता बोलायो, राससको अध्यक्षमा श्यामल, एनटीभीको अध्यक्षमा महेन्द्र बिष्ट नियुक्त
2018-06-14

साउदीविरुद्ध रुसकाे दाेस्राे गाेल

अायाेजक रुसले २-०काे अग्रता लिएकाे छ ।

 युराे कप २०१२ का सर्वाधिक गाेलकर्ता एलान जागाेएब घाइते भएपछि २४ अाैं मिनेटमा मैदानमा छिरेका ६ नम्बरका खेलाडी डेनिस चेरिसेवले ४३ अाैं मिनेटमा टिमका लागि दाेस्राे गाेल गरेका हुन् । 

डेनिस चेरिसेवले ३ डिफेण्डरलार्इ छक्याउँदै करिब १२ यार्डकाे दूरीबाट शान्दार गाेल गरेका हुन् । 

 याे चेरिसेवकाे अन्तरराष्टिय करियरमा पहिलाे गाेल हाे । उनले अाफ्ने १२ अाैं खेलमा पहिलाे गाेल गाेल गरेका हुन् । खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत  रुसका लागि पहिलाे गोल गरेका हुन् । अलेक्सान्द्र गाेलाेभिनले दिएकाे पासमा गाजिन्स्कीले हेडमार्फत सुन्दर गाेल गरेका थिए ।

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *