सिद्धबाबामा सुख्खा पहिरोे खस्दा सडक अवरुद्ध, यात्रुहरु थप मारमा
2018-01-13
किन सहज बन्न सकेन ट्रम्पसँग दक्षिण अमेरिकी सम्बन्ध
2018-01-13

सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी शनिबार सातओटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आगामी माघ २४ गते तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार आयोगले सातओटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।

आयोगले प्रदेशको उच्च अदालत रहेको स्थान जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जनाएको छ ।

निर्वाचन आयोगकाअनुसार प्रदेश नम्बर–१ को मोरङमा, प्रदेश–२ को धनुषामा, प्रदेश–३ को ललितपुरमा, प्रदेश–४ को कास्कीमा, प्रदेश–५ को दाङमा, प्रदेश–६ को सुर्खेतमा र प्रदेश–७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ

न्याय परिषद सचिवालयबाट प्राप्त नामावलीअनुसार सातजना जिल्ला न्यायाधीशलाई आयोगले यसअघि नै निर्वाचन अधिकृतमा नियुक्त गरिसकेको छ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.