Zimbabwe's Mnangagwa seeks end to Western sanctions
2017-12-14
प्रदेश नं ३ को राजधानी भक्तपुरलाई बनाउन माग
2017-12-14

सिधाकुरा जनतासँग: ओमानबाट नीशाको सफल उद्वार, मेडिकल उपकरणमा भ्रष्ट्राचार, डेजा भु तोडफोड

ओमानबाट नीशा राईको सफल उद्वार

काठमाडौं । घरेलु कामदारका रुपमा दुवई भनेर ओमन पु¥याइएकी झापाकी निशा राई हाम्रो पहल पछि नेपाल फर्कीएकी छिन् । ओमनमा घरमा गर्ने उनी खुट्टा चल्न नसक्ने भएपछी नेपाल फर्कीन खोजेकी थिइन । तर काम गर्ने घरधनीले उल्टो काम थप्ने र उपचार गर्न नदिएर विच्चलीमा परे पछी उनले हामीलाई भिडियो रेर्कड पठाएकी थिइन ।
यसलगत्तै हामीले ओमन स्थीत नेपाली राजदुतावासमा सम्पर्क ग¥याँै र राजदुत शर्मीला पराजुलीले तत्तकाल पिडित युवतीलाई सम्पर्क गरीन् र भोलीपल्टै दुतावासको सेल्टरमा ल्याइन् ।

३ दिन दुतावासकै सेल्टरमा बसेर निशा राई बुधबार साँझ ७ बजे नेपाल फर्कीन् । उनलाई लिन हाम्रो टिम नै विमानस्थलमा पुगेको थियो ।

ठमाडौंमा आफ्नात कोही नभएकी उनलाई हामीलेनै बस्ने होटलको व्यवस्थापन ग¥यौँ । विमानस्थलबाट होटलसम्म उनले ओमनमा आँफुसहित नेपाली महिलाहरुले भोग्नु परेका पिडा पोखीन् ।

एक रातको काठमाडौ बसाइसँगै बिहिबार झापा प्रास्थान गरेकी छिन् । झापा पुगे लगत्तै खुट्टाको उपचार गर्न लाग्ने छिन् । उनी युएईको लागि भिजिट भिषामा भारतको बाटो हुँदै गएकी थिइन् । ट्राभल एजेन्सी,म्यान्पावर कम्पनी,एरलाएन्स काउन्टर,प्रहरी,र अध्यागमनको सेटिङमा अझैपनि नेपाली महिलाहरु नक्कली भिजिट भिषामा विभिन्न खाँडी मुलुकहरुमा गहिरहेका छन् । ती देशहरुमा यसरी पुगेका अधिकांश महिलाहरुको स्थीती अत्यन्त दयनिय छ । निशा राई यसको एक प्रतिनिधी पात्र मात्रै हुन् ।

महिला म्यादी प्रहरीलाई दुव्र्यवहार गरिएको विषयमा छानविन शरु

कार्यक्रमको यस अघिको अंकमा हामीले सुनसरी र मोरङको सिमानामा अवस्थित निमुवा ईलाका प्रहरीका सई टंक कोईरालाले आफुहरुलाई दुब्र्यावहार गरेको भन्दै रुदै भिडियोमा बोलेका महिला म्यादी प्रहरीका विषयमा रिपोटिङ ग¥यौ ।

भिडियोमा जुनिता चौधरी र बर्षा सुवेदीले आफहरुलाई सई कोईरालाले दुब्र्यावहार गरेको वारे स्पष्ट पारिन् । यस विषयमा हामीले तिनै म्यादी प्रहरीद्वय जुनिता चौधरी र बर्षा सुवेदीसंग लाईभ कुरा पनि ग¥यौ । उनिहरुले सई कोइरालाले माफि मागेको बताए ।

हामीले दुव्र्यावहार गरेका भनिएका सई टंक कोइरुालासंग पनि कुरा गर्ने प्रयास ग¥यौ । उन्ले आफु लाईभ कार्यक्रममा बोल्ने भनेपनि हाम्रो सम्पर्कमा आएन्न । तर म्यादी प्रहरी भने संघठित हुदै दुव्यभार गर्नेलाई कार्वाही हुनु पर्ने माग गरिरहेका छन् ।

मार्समेलोले धोका दिएपछि डेजा भु तोडफोड 

चर्चित अन्तराष्ट्रिय डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा बुधबार मध्यराती तोडफोड गरेका छन् । मार्समेलो आउने भनी प्रतिब्यक्ति २५ सय देखी एक लाख सम्म लिएर आयोजकले करिब ७ हजार दर्शकलाई टिकट बेचेका थिए ।

मार्समेलाको प्रतिक्षामा दर्शकहरु रमाइरहका थिए । तर राती १ बजेतिरमात्र आयोजकले स्वास्थ्यका कारण उनी नआउने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लबमा तोडफोड गरेका थिए ।

जसका कारण करीब २ करोड क्षती भएको क्लव सञ्चालकले जनाएका छन् । कार्यक्रमका आयोजक रितेश मुडवरी, राजीव महर्जन सहित डेजा भुका सञ्चालहरु जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, क्लबका क्याप्टेन आकाश न्यौपानेलाई पक्राउ गरेको अपराध महाशाखले जनाएको छ ।

बिहान ५ बजेतिर मार्समेलोले आफ्नो फेसबुक पेजमा स्वास्थ्यका कारण आफु काठमाडौंमा उपस्थित हुन नसकेको भन्दै क्षमा मागेका छन् ।

[embedded content]

बालगृह देखी आफन्तकै सेटिङमा विदेशीन्छन् धर्मशन्तान

केहि बर्ष अघिसम्म नेपालका गाँउगाँउबाट गरीबी तथा द्वन्द्ध चपेटमा परेका बालबालीकालाई विभिन्न सेटिङ मिलाएर काठमाडौँका बाल गृहहरुमा ल्याउने र विदेशीहरुलाई धर्मपुत्रकारुपमा बेच्ने प्रवृतीको असर अहिले देखिन थालेको छ । हामीले कार्यक्रमको यस अघिको श्रृङखलामा गोरखाका हिरामान गुरुङलाई उनकै फुपु पर्ने चिम्सी गुरुङको माध्यमबाट धापासीस्थीत असाहाय बालकालिका शिक्षा केन्द्रमा पु¥याइयो । २०५९ सालमा धर्म पुत्र सम्बन्ध नियम कानुन कमजोर रहेको बेला चिम्सी गुरुङ र असाहाय बालबालिका केन्द्रले सेटीङ मिलाएर हिरा मानलाई केन्द्रमा राखेका थिए ।

परिवारले आफै बालगृहमा राख्न नमिल्ने कानुनी प्रावधानलार्ई उनीहरुले बालबालीकालाई बालगृहको नजिकै सडकमा छोडिदिन र प्रहरीले भेटेर सोही बालगृहमा लगिदीने सेटिङ मिलाउँथे । यसरीनै हिरामानलाई पनि बालगृहमा राखिएको र सोही केन्द्रबाट आमालाई समेत जानकारी नदिई २०६१ सालमानै धर्मपुत्रका रुपमा स्पेन पु¥याइएको थियो ।

यहि असाहाय बालबालिका शिक्षा केन्द्रका गोरखाकै अन्य २ बालबालिका पनि हिरामानकै शैलीमा विदेश पु¥याइएको छ । गोरखाका कोपीला धमलका छोरा सुनील धमालालाई पनि परिवारको अनुमती विनै धर्मपुत्र बनाएर विदेश पठाए ।
गोरखाकै चेप्टी गुरुङकी छोरी रुवीना गूरुङलाई पनि यसरी धमपुत्र बनाएर विदेश पठाइदिएको परीवारको गुनासो छ ।
यसरी धापासीमा रहेको बालबालिका शिक्षा केन्द्रबाट गोरखाकै धेरै बालबालिकालाई परीवारको अनुमती विना झुक्काएर धर्मपुत्रका रुपमा विदेश पठाएको छ । र अहिले बालबालिका आफन्तको छोराछोरी खोज्दैै छन् ।

२०६७ साल अघि गृह मन्त्रालयमार्फत नै नियमन हुदाँका बखतमा बाहिरीएका बालबालिकाको अहिले समस्या आएको अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री व्यवस्थापन विकास समितीको दाबी छ । समितिका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठका अनुसार हिरामान गुरुङको बिषयमा असाहाय बालकालिका शिक्षा केन्द्र तथा उनकै आफन्तको पनि केही कमजोरी देखीएकाले केन्द्रको यो बर्ष दर्ता नविकरण गरिएको छैन ।

यसरी कमजोर कानुनको फाइदा उठाउँदै गिरोको सेटीङ मिलाएर धर्मशन्तानको नाममा विदेश पु¥याइएका बालबालिका र उनका परीवार अहिले न्यायको खोजिमा भौतारीदै छन् ।

सरकारलाई अनुदानमा दिएको मेडिकल उपकरणमा पनि भ्रष्ट्राचार

नेपालको विभिन्न क्षेत्रको विकासका लागि विभिन्न देश र त्यहाका संघ संस्थाहरुले सहयोग गरिरहेका हुन्छन् । तर त्यो सहयोगको राम्ररी सदुपयोग भएको हुदैन् । त्यती मात्र होईन सहयोग गर्ने दातृ निकायलाईसंग पनि जिम्मेवार भईदियनन् । २०७३ साल ९ महिना २१ गते थापाथलीको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालाई ईटलीको एमिसिडेला अनलस कम्पनीले ४७४ किलो वरावरको मेडिकल ईक्युमेन्ट डोनेशनमा दियो । अस्पताल र कम्पनी विच भएको सम्झौता अनुरुप कार्गाे खर्च अस्पतालले तिर्ने भनिएपछि पशुपति कार्गाेका सञ्चालक ओमप्रकास सिंहले उक्त सामान अस्पतालमा ल्याई दिए । तर उनले अहिले सम्म कार्गाेको पैसा पाएका छैन्न ।

डोनेसनको सामान ल्याउदा अस्पतालका निर्देशक डक्टर जागेश्वर गौतम थिए । तर उनले राजिनामा दिएपछि अहिले अस्पतालका निर्देशक डक्टर अमिरवाबु श्रेष्ठछन् । श्रेष्ठ पैसा दिन मानिरहेका छैन्न । तर त्यही कम्पनीले सामान पठाएको कान्ति बाल अस्पताल र भरतपुर अस्पताले कार्गाेको रकम भुक्तानी गरिसेकोछ । प्रसुति गृहका निर्देशक भने यसो भन्छन् ।

हामीले यस पछि अस्पतालका तत्कालिन निर्देशक डक्टर जागेश्वर गौतमलाई सम्पर्क ग¥यौंै । गौतमले अफु त्याहा नभएपनि उक्त रकम अस्पतालेनै दिनु पर्ने बताए ।

पीडित ओमप्रसाद अस्पतालले रहम हिनामिना र्गयो भनि अख्तियार दूरुपयोग अनुसन्धान आयोग पनि पुगे तर आयोगले कुनै चासो देखाएन् । उता अस्पतालहरुलाई मेडिकल ईक्युमेन्ट डोनशन गर्ने कम्पनी पनि यी सवैकुरा वारे जानकार छन् । डोनेसनमा दिएको समानमा पनि भ्रष्ट्राचार गर्न खोजेको भन्दै उस्ले यस विषयबाट आफ्नो चासो हटाईसकेको छ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.