ललितपुरका दुई क्षेत्रमा मतगणना सुरु
2017-12-07
Italian man 'poisoned family members after joining cult'
2017-12-07

सिन्धुपाल्चोक २ मा पशुपति शमशेरले शेरबहादुर तामाङलाई पछि पारे

सिन्धुपाल्चोक, मंसिर २१ –सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा झिनो मतान्तरले अगाडि हुनुहुन्छ । उहाँले २८५५ मत प्राप्त गर्नुभएको छ ।

उहाँलाई वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङले पछ्याइरहनुभएको छ । तामाङले २७१८ मत ल्याउनुभएको छ । सिन्धुपाल्चोक २ को सुरुवाती रुझान एकदमै रोचक देखिएको छ ।

यस क्षेत्रमा कहिले शेरबहादुर तामाङ अगाडि त कहिले पशुपति शमशेर राणा अगाडि हुनुहुन्छ । यस क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार तामाङ र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा प्रजातान्त्रिकका अध्यक्षसमेत रहेका उम्मेदवार राणाबीचमा निकै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.