हामीले कार्यक्रममा ट्राफिक प्रहरीले सर्वसाधारणलाई गरेको ज्यादतीका बिषयमा बारम्बार रिपोर्टीङ गरीरहेका छौं ।
गत साता कंलकी चोकमा रङ लेनबाट मोटरसाइकल चलाएको भन्दै निर्घात कुटपिट गरेको दृश्य देखाएका थियौं । फेरी ट्राफिक प्रहरीकै अर्काे घटना ।
सुर्खेतमा त सर्वसाधारणलाई दुख दिएर ट्राफिक प्रहरी आफै तास खेल्दा रहेछन् । अति नै भएपछि शुक्रवार हाम्रा दर्शक विनोद सिंह विष्ट मोवाईलको क्यामेरा अन गरेर सुर्खेतको विरेन्द्रनगरमा रहेको ट्राफिक प्रहरी कार्यालयमा पुगे ।
ट्राफिक प्रहरीहरु बर्दी लगाएर मस्त तास खेलिरहेका छन् । खासमा स्थानिय ग्यारेजवाला मोन्टु भन्ने व्यक्तिले मोटरसाइकलको साइलन्सर मोडिफाइ गरेको भन्दै ट्राफिक प्रहरीले उन्लाई हिरासतमा लिएको थियो ।
यिनै व्यक्तिलाई छुटाउन जाँदा स्थनिय विनोद सिंह बिष्टले यो भिडियो खिचेका हुन् । कार्यालयमा तास खेल्ने हवल्दार प्रविण थापा, हवल्दार नरेश खत्री र सिपाही ज्ञान बहादुर बि.क. हुन ।
साथै मोन्टुलाई छुटाउन ट्राफिक प्रहरीले उनिसँग पैसाको बाग्रेनीङ नै गरेका रहेछन् । विष्टका अनुसार ट्राफिक हवल्दार प्रविण थापाले ५ ओटा हजारका चिट काटे छुटाइदिने भनेका थिए ।
यती मात्रै हैन ट्राफिक प्रहरी कार्यालय बाहिर ट्राफिक प्रहरी खेमराज खत्रीले आँफुहरु पैसाको लागि जे पनि गर्ने बताएका छन् साथै मोन्टुलाई एक छिन् चेतावनी हुने र आँफुले शहीसापलाई भनेर छाडिदिने बताए ।
यति मात्र होईन यो विष्टले यो भिडियो फेसबुकमा हालेपछि ट्राफिक प्रहरीले धम्क्याउने तर्साउन गरेको उन्को भनाई छ । शुक्रवार बिहान त ट्राफिक हवल्दार प्रविण थापाले उन्को घरमै आएर धम्मी दिए ।
विमानस्थलमा रहेको श्रमको छाप लगाउने डेक्समा कर्मचारी हुदैनन्
श्रम कार्यालय मात्र होईन विमानस्थलमा रहेको श्रम डेक्सको अवस्था पनि त्यस्तै छ । शुक्रवार राती १२ बजेको बतनिया एयरलाईन्सबाट कतार जान लागेको नवलपरासीका राजन लम्साल १० बजेर २० मिनेटमा विमानस्थलमा रहेको श्रम काउन्टरमा पुगे । त्यहाँ कोही कर्मचारी थिएन्न् । उनी भित्र त छिरे तर बोडिङमा श्रमको स्टम्प नभएपछि उन्लाई रोकियो र उन्को प्लेन छुट्यो ।
Posted by News24 Nepal on Saturday, January 13, 2018
Source: News 24 Nepal ले छापेको छ ।