Italian man 'poisoned family members after joining cult'
2017-12-07
USA Olympic doctor Nassar jailed for 60 years over child porn
2017-12-07

सोलुखुम्बुमा प्रतिनिधिसभातर्फ बाम गठबन्धन तथा माकेका उम्मेद्वार सुरवीर २६३२ मतका साथ अगाडी

काठमाडौं । सोलुखुम्बु जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठबन्धनको अग्रता रहेको छ । प्रतिनिधिसभातर्फ बाम गठबन्धनबाट माओवादी केन्द्रका हेमकुमार राई (सुरवीर)ले २६३२ मत ल्याएर अग्रता लिएका छन्। कांग्रेसका बलबहादुर केसीले १७३३ मत ल्याएका छन्।

यस्तै प्रदेशसभा ‘क’मा वाम गठबन्धनबाट एमालेका उत्तमकुमार बस्नेतले ४२५ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका प्रकाश सिं कार्कीले १७४ ल्याएका छन। प्रदेशसभा ‘ख’ मा गठबन्धनबाटै एमालेका बुद्धिकुमार राजभण्डारीले २४५ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका आङ्गगेलु शेर्पाले २३० मत ल्याएका छन्।

Advertisements

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.