192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
पत्रकार महासंघको कार्यक्रम दूतावासले बहिष्कार गर्‍यो
2018-01-13
कक्षा एघारको नतिजा यसरी हेर्नुहोस्
2018-01-13

११ बुंदे माग अघि सार्दै नेपाल नर्सिङ संघद्वारा देशब्यापीरुपमा आन्दोलनको घोषणा

रिया भण्डारी

नेपाल नर्सिङ संघले बिभिन्न ११ बुंदे माग अघि सार्दै देशब्यापीरुपमा आन्दोलनको घोषणा गरेको छ । संघले घोषणा गरे अनुसार देशभरका नर्सहरु आन्दोलनमा भने उत्रिएनन् । तर शुक्रबार काठमाण्डौका केहि ठूला सरकारी अस्पतालका नर्सहरुले हातमा कालोपट्टी बाँधेर एक घन्टा काम छोडेका छन् ।

नर्सिङ संघले देशभरका नर्सहरुलाइ एक घन्टा काम छोडेर आन्दोलनमा केन्द्रित हुन भने पनि नर्सहरु सेवालाइ नै असर पर्ने गरी त्यसरी आन्दोलमा भने उर्लिएनन् । १० देखि ११ बजेसम्म आन्दोलन गर्न भने पनि त्यही समय केहि अस्पतालमा नर्सहरु काम गरिरहेका थिए । २४ सै घन्टा बिरामीसंग हुनुपर्ने नर्सहरु आन्दोलनमा एक घन्टा बाहिर बस्दा पनि बिरामीहरु बाहिरै बोलाउन आइरहने कान्ति अस्पतालमा कार्यरत नर्सहरु बताउछन् । नर्सिङ संघले उठाएको ११ बुंदे मागमा नर्सिङ माहाशाखा स्थापना नै आफ्नो प्रमुख माग भएको नर्सहरु बताउछन् । नर्सहरुको तलब भत्ताका बिषयहरुलाई सम्बन्धित निकायले गम्भीर रुपमा लिनु पर्ने नर्सहरुको भनाइ छ ।

नर्सिङ संघले धेरै मागहरु छुटाएको भन्दै नर्सहरुले अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन नेपाल सरकारले बनाएको ’नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गरिनुपर्ने ,तलब भत्ता तोकिनुपर्ने लगायतका माग नै प्रमुख भएको बताएका छन् ।

नर्सिङ संघले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहाली गर्नु पर्ने ,भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गर्नु पर्ने लगायतका माग राखेर देशभर आन्दोलनको घोषणा गरेका छन् । माग पूरा नभए सेवा नै ठप्प पार्ने चेतावनी नर्सिङ संघको छ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful