१०६ वर्षे पचियादेवी भन्छिन् – भोट हाल्न पाउने अन्तिम पटक नै होला त्यसैले राम्राले जितुन
2017-12-07
भाइको नाममा भोट हाल्न दाइ पुगेपछि..
2017-12-07

१ सय १५ वर्षकी डल्लीमायालाई आफ्नो भोट खेर नजाने विश्वास

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, मंसिर २१ – चितवनमा १ सय १५ वर्षकी वृद्धाले मतदान गर्नुभएको छ । भरतपुर २ की डल्लीमाया बस्यालले बालकुमारी उच्च मावि नारायणगढबाट मतदान गर्नुभएको हो ।

उहाँले छोराको सहयोगमा भोट खसाल्नुभएको छ । भोट खसालेपछि उत्साहित उहाँले भोट खेर नजाने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो भोटले छोरा नातीलाई राम्रो हुने आशा रहेको बताउनुभयो ।

छोरानातीले यो भन्दा विकास देख्न र भोग्न पाउन् भन्ने डल्लीमायाको आशा छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.