साउदीले २५ वर्ष भन्दा कम उमेरका विदेशी महिलालाई भिजिट भिसा नदिने
2018-01-13
‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन
2018-01-13

३० मेगावाटको चमेलियाबाट १५ मेगावाट विद्युत उत्पादन शुरु

काठमाडौं । ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाबाट १५ मेगावाट विद्युत उत्पादन शुरु गरिएको छ । आयोजना दोब्बर लागत र समयमा निर्माण भएको हो ।

दार्चुला जिल्लामा निर्माण गरिएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाले १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाउन शुरु गरेको छ । आयोजनामा जडित २ वटा युनिटमध्ये युनिट नम्बर एकलाई मात्रै संचालनमा ल्याइएको हो ।

आयोजना निर्माण सम्पन्न गर्नका लागि दोब्बर समय र लागत लागेको आयोजनाले जनाएको छ । आयोजना निर्माणमा भएको ढिलाइ र प्राधिकरणको बेवास्ताका कारणले समयसँगै लागतसमेत बढेको हो । कुल आठ अर्ब ३४ करोडमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएपनि सम्पन्न हुँदासम्म करिब १६ अर्ब लाग्ने अनुमान गरिएको छ ।

आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सिजिजिसी) ले निर्माण गरिरहेको छ । प्राधिकरणको ढिलासुस्तीका कारण चमेलियाको बिजुली दार्चुलावासीले तत्काल उपभोग गर्न भने नपाउने भएका छन् ।

प्राधिकरणले स्थानीयस्तरमा विद्युत् प्रसारण लाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको बिजुली बाल्नबाट जिल्लावासी नै वञ्चित भएका हुन् ।

दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युतको पहिलो अधिकार भएपनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयवासीले बिजुली उपभोग गर्न पाउने अवस्था छैन ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.