२०२६ को विश्वकप फुटबल अमेरिका, मेक्सिको र क्यानडामा हुने
2018-06-13
अन्तर्राष्ट्रिय बजारमा घट्दा किन बढ्छ नेपालमा पेट्रोलियम पदार्थको भाउ
2018-06-13

३३ किलो सुन तस्करी प्रकरण : बाजेको सेकुवामा शिलबन्दी

काठमाडौं – सुन तस्करी र सनम शाक्यको हत्याका बारेमा छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले आज बाजेको सेकुवा कर्नरमा छापा मारेको छ । 

काठमाडौंमा रहेको बाजेको सेकुवाका शाखामा समितिले छापा मारेर शिलबन्दी गरेको छ । ३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोप लागेका बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी फरार छन् । उनीसहित सुन तस्करी गरेको र सनम शाक्यको हत्या गरेको आरोपमा ६३ जनामाथि मोरङ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । अधिकांश पक्राउ परे पनि भण्डारी भने अझै फरार छन् । 

टोलीले यसअघि आरके ज्वेलर्स र सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *