192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
​पार्टी एकतापछि बालुवाटारमा झण्डै ७ सय जनालाई पार्टी
2018-05-17
​युएईमा ५ वर्षदेखि मुद्दा लडिरहेका झापाका लोकेश नेपाल फर्किए
2018-05-17

६ दिनदेखि हराएका तीन बालबालिका भेटिए

राजु लामिछाने/उज्यालो।

रुकुम पूर्व, जेठ ३ – रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा ६ दिन अघिदेखि हराइरहेका तीन बालबालिका बिहीबार सकुशल फेला परेका छन् ।

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–१, का उनीहरु बिहान रन्माको हिउँचोइमा फेला परेका हुन् । गाउँहरुले चारैतिर खोजी गर्दा उनीहरु भेटिएको स्थानीय अमरधन पुनले बताउनुभयो । उहाँका अनुसार भेटिएका मध्ये सात वर्षका डायमण्ड पुन र दुवै पुन बोल्न नसक्ने अवस्थामा छन् । ६ वर्षका सुहाना पुन अलि अलि बोल्न सक्ने अवस्थामा छिन् ।

गएको चैत्र २९ गते घरमा कसैलाई पनि नसोधेर गाडी हेर्न र आफन्तलाई लिन भन्दै पिपलटुङतर्फ आएका उनीहरु गरघाटबाट हराएका थिए । गरघाटसम्म पुगेर घर मैकोटतर्फ फर्किनुपर्ने उनीहरु बाटो बिराएर रन्माको वनतिर लागेको बताइएको छ ।

उनीहरुसँगै हराएका ६ वर्षका काल्या पुन भने ३० गते नै भेटिएका थिए । बाटो बिराएर मैकोटबाट गरघाट हुँदै रन्माको वनमा पुगेका बच्चाहरु ६ दिनपछि बिहीबार बिहान रुखको फेदमुनि पल्टिएको अवस्थामा फेला परेका हुन् । रन्माको भिरै भिर भएर हिउँचोई पुगेको र पछि फर्किन नसकेको बालिका सुहानाले गाउँलेलाई बताएको स्थानीय मरिचमान पुनले जानकारी दिनुभयो ।

उनीहरुलाई भोक र प्यासले सिथिल भएको अवस्थामा फेला पारिएको थियो । हराएका बालबालिकाहरुलाई ६ दिनपछि फेला पार्दा उनीहरुका परिवार खुशी भएका छन् । सकुशल भेटाउने आश मारिसकेका परिवारजन छोरा छोरीलाई सकुशल फेला पारेपछि हर्षित भएका हुन् । जंगल त्यसमा पनि हिउँले ढाकेको ठाउँमा ६ दिनपछि बालबालिकालाई सकुशलै फेला पारिएपछि गाउँले समेत खुशी भएका छन् ।

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful