192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
Belgium waffle factory blaze sends pall of smoke over Brussels
2017-11-23
Nepal hopes first state elections will give people a voice
2017-11-23

७० वटा मतदान केन्द्रमा विशेष सुरक्षा नीति


विराटनगर, ७ मंसिर । दोस्रो चरणअन्तर्गत यही मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि संवेदनशील ७० वटा मतदान केन्द्रमा विशेष सुरक्षा नीति अपनाउने भएको छ ।

संवेदनशील मतदान केन्द्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको परिचालन गरिने भएको छ । यस्ता केन्द्रमा संम्वेदनशीलताको अवस्थामा थप सुरक्षाकर्मी परिचालन हुनेछ ।

मतदातालाई त्रसित पार्ने निर्वाचनमा विरोधी कार्यमा संलग्न व्यक्तिले विभिन्न गतिविधि गर्नसक्ने भएकाले त्यसलाई रोक्न प्रहरीले विशेष सुरक्षा नीति अपनाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए ।

विगत एक हप्ताको अवधिमा प्रहरीले चुनाव विरोधी गतिविधिमा संलग्न १४ जनालाई मोरङको विभिन्न स्थानबाट पक्राउ गरेको छ । मोरङमा तीन हजार १५६ म्यादी प्रहरी र नेपाल प्रहरीलाई विभिन्न मतदान स्थलको अवस्था हेरेर परिचालन गरिने बताइएको छ ।

कुनै ठाउँमा शंकास्पद वस्तु फेला परेमा प्रहरीलाई तत्काल खबर गर्न सर्वसाधारणलाई आग्रह गर्दै प्रमुख बिसीले बम निष्क्रिय पार्न नेपाली सेना र प्रहरीको टोली तयारी अवस्थामा रहेको बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful