192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
कागलाई रोटी पकाइँदै
2018-01-14
‘ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष’ बन्नुहुन्छ: नेता शाही
2018-01-14

८ वर्षदेखि टिनको छाप्रोमा गाइवस्तुसँगै बित्दैछ लक्ष्मीको जिन्दगी

इन्द्रसरा खड्का/उज्यालो

बैतडी, पुस ३० – वरिपरी गहुँ छरेको बारी । बीचमा जस्तापाता अर्थात टीनको छाप्रो । गाईबस्तुको गोठ जस्तै देखिने यो ‘घर’ बैतडीको दशरथचन्द नगरपालिका २ की लक्ष्मी बिजलेको हो ।

पुस माघकोे कठ्याङ्ग्रिदो चिसो होस वा वैशाख जेठको उखरमाउलो गर्मी बस्तुभाउसँगै रात बिताउनु लक्ष्मीको बाध्यता हो । 

एउटै ढोका रहेको छाप्रोको एकापट्टी गोरु र बाख्रा अनि अर्कोपट्टी आमासँगै तीनजना छोराछोरी बस्छन् । सुतेको बेला बस्तुभाउको गहुँतगोबर शरीरमा पर्नु सामान्य जस्तै हो ।

हिउँदमा टीनबाट तपतपी शीत चुहिन्छ । अनि वर्षायाममा हपहपी गर्मी हुन्छ । यही नियती भोगेर लक्ष्मी बिजलेले ८ वटा हिंउदवर्षा बिताउनुभयो ।

पहिले घरबार सबै राम्रो भए पनि श्रीमानको निधन भएपछि आफ्ना दुःखका दिन सुरु भएको उहाँ बताउनुहुन्छ । ‘श्रीमान बिते पनि छोराछोरी पाल्छु भन्ने हिम्मत थियो भावुक हुँदै उहाँले भन्नुभयो, २०६४ सालमा घरमा आगलागी भएपछि बारीको बास भएपछि हिम्मतले पनि हार खायो ।’

आगोले चारकोठे घर लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भयो । जिल्ला प्रशासन कार्यालयबाट राहत स्वरुप ७ हजार रुपैया र एउटा त्रिपाल आयो । त्यसले घर के बनोस । केही दिन छिमेकीकोमा बसे पनि सँधै त्यसरी काम चल्ने थिएन । अनि उहाँ देवरले दिएको बारीमा बस्न थाल्नुभयो ।

सडक बनाउने, गिट्टी कुट्ने, ढुंगा निकाल्ने काम गरेर ३५ हजार रुपैयाँ जम्मा गरेपछि उहाँले जस्तापाता खरिद गरी त्यसैले बारबेर पारेर छाप्रो बनाउनुभयो । जसमा उहाँसहित तीनजना छोराछोरी र वस्तुभाउ बसिरहेका छन् । 

श्रीमान बितेपछि देवरले भएको जग्गाजमिन सबै कब्जा गरे । आफ्नो बारीमा काम गरेर खाउ भने पनि अहिले उहाँसँग घर बनाउने जमिन पनि छैन । देवरले अंश माग्दा आफ्नो भागको जग्गा दाइले जाडरक्सी खाएर बेचिसकेको बताउने गरेको दुखेसो लक्ष्मीले गर्नुभयो । अझ अहिले त देवर लक्ष्मीका छोराछोरी आफ्नो दाइका होइनन् पनि भन्न थालेका छन् । तर कान्छा देवरले भने टिनको छाप्रो बनाउन ठाउँ दिएका छन् । छोराछोरीले पैसा कमाउने भएपछि पैसा दिनु भन्दै कान्छा देवरले सहयोग गरेको उहाँले बताउनुभयो । 

बस्नलाई घर र कमाइ खान जग्गा जमिन नभएपछि लक्ष्मीले जेठो छोरालाई कामका लागि गाउँलेको साथ लगाएर भारत पठाउनुभएको छ । अहिले एक छोरा र एक छोरी उहाँसँगै छन् । छोरी ८ र छोरा ७ कक्षामा पढ्छन् । छोराछोरीलाई कितावकापी किन्न पनि धौधौ पर्ने गरेको उहाँले बताउनुभयो ।

वस्तुभाउसँगै गोठमा बस्नुपर्दा आफ्नो र छोराछोरीको जुनी पनि गोरुको जस्तै लाग्ने गरेको उहाँले बताउनुभयो । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful